बङ्गाल: तीनधारेमा दुई छ्या ञ्युङ्ने हुने

IMG-20221211-WA0190.jpg

खरसाङ: गुरु मैत्री संघ तीनधारेको आयोजनामा दुई छ्या ञ्युङ्ने हुने भएको छ। उक्त ञ्युङ्ने कालेबुङ निवासी धर्म गुरु लाक्पा बम्जनको अगुवाईमा आगामी १९ दिसम्बरदेखि २४ दिसम्बरसम्म हुने भएको छ। उक्त ञ्युङ्ने तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बाको नजिकमा रहेको प्रगति संघ सार्वजनिक भवनमा हुने भएको जानकारी संघको सचिव साङ्गे योञ्जनले दिएका छन्। तीनधारेमा हुने दुई छ्या ञ्युङ्नेमा सहभागी हुन चाहानेहरूले आयोजक समितिको पदाधिकारीहरूलाई १९ दिसम्बरको ५ बजेसम्ममा सम्पर्क गर्न सक्ने संघको सभापति अनित स्याङदेनले बताएका छन्। उनले उक्त बौध्द धर्म अनुष्ठानमा तीनधारे र वरिपरिका मानिसहरूलाई सहभागी हुने अपिल पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement