ठगीको मामलामा ५८ वर्षीय पुरुषलाई जेल सजाय सुनाइएको छ। उनले करिब १५५ महिलालाई ६ करोड रुपियाँभन्दा बढी ठगी गरेका थिए। उनी अनलाइन महिलालाई आफ्नो जालमा फसाएर पैसा निकाल्ने गर्थे। उनलाई ‘रोमान्स स्क्यामर’ को संज्ञा दिइएको छ। कुरा अमेरिकाको न्यु जर्सीको हो। गत शुक्रबार ५८ वर्षीय प्याट्रिक गिब्लिनलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो। गिब्लिनले प्रायः सिंगल महिलालाई लक्षित गर्थे। उसले डेटिङ साइट र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत महिलाहरूसँग मिलन गर्दथ्यो र त्यसपछि उनीहरूलाई ठगी गर्दथे।
न्युयोर्क पोस्टको रिपोर्टअनुसार एट्लान्टिक सिटीका प्याट्रिक गिब्लिनलाई विधवा, अपाङ्गता भएका महिला र एकल आमालाई धोका दिएकोमा दोषी ठहर गरिएको छ। उनी यसअघि पनि पटकपटक ठगी मुद्दामा पक्राउ परेका थिए। त्यसपछि उनलाई २० लाख जरिवाना गरिएको थियो। उनी दुई पटक हिरासतबाट भागेका पनि छन्। गिब्लिन धेरै वर्षदेखि यो ठगीमा संलग्न रहेको अभियोजकहरूले बताएका छन्। उनले पहिले महिलाहरूलाई भावनात्मक रूपमा नियन्त्रण गर्थे र त्यसपछि लोभ र दबाब प्रयोग गरी पैसा असुल्ने गर्थे। यस क्रममा उनले सबै चाल अपनाए। कोही महिलालाई उनले आफूलाई न्यायाधीशको छोरा भनेका थिए भने कसैलाई निकै धनी व्यक्ति। केही महिलाहरूलाई गिब्लिनले आफू आर्थिक संकटबाट गुज्रिरहेको बताए। तर यथार्थमा त्यो सबै झुट थियो। उनलाई जुवा खेल्ने लत थियो। पैसा ठगी गरेर आफैं खर्च गर्थे। उनलाई व्यावसायिक अपराधीको रुपमा व्याख्या गरिएको छ।