बङ्गाल: कृषक कल्याण संगठनको आयोजना विश्व पर्वत दिवस पालन

IMG-20221211-WA0197.jpg

मङ्पु: आज मङपु विभाग सार्वजनिक भवनमा कृषक कल्याण संगठनको आयोजनामा विश्व पर्वत दिवस पालन गरिएको गरिएको छ। उक्त कार्यक्रम सुमित्र राईको अध्यक्षतामा सम्पन्न भएको छ।केकेएस अध्यक्ष विष्णु छेत्रीले सञ्चालन गरेको समारोहमा दार्जिलिङ अनि कालेबुङ जिल्लाका कृषक दाजु-भाइ, दिदी-बहिनीहरू उपस्थित रहेका थिए। फार्मर्स क्लबहरुलाई लिएर कृषक कल्याण संगठनले अझ वृहत रुपमा काम गर्ने कुरा जनाउँदै अध्यक्ष छेत्रीले को-अपरेटिभ ब्यांकले धेरै जसो कृषकहरुलाई ऋण दिने भएको कारण सबै गाउँ-बस्तीका कृषक दाजुभाईहरूले को-अपरेटिभ ब्यांकमा नै ब्यांक खाता खोलिदिने अपील गरे। समारोहका प्रमुख अतिथि नाबार्ड पश्चिम बंगाल विभागका प्रमुख प्रबन्धक उषा रमेशले कृषकहरुको निम्ति नाबार्डले सक्दो सहयोग गरिरहेको र महिलाहरुलाई लिएर अझ सहयोग गर्ने अनि नाबार्डद्वारा नै सेल्फ हेल्प ग्रुपको शुरूवात भएको कुरा जनाए। समारोहमा विशिष्ट अतिथि डा.सरला खालिङ, बी छेत्री अनि जुगल दासले विशेष महिलाहरु अनि कृषकहरु आफै कसरी स्वनिर्भर बन्न सकिन्छ भन्ने बारे सम्बोधनमा राखेका थिए।

आजको कार्यक्रममा नानीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरे भने सनमान माझी अनि साथीले मादाले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न स्वनिर्भर दलहरूद्वारा जैविक फसल अनि फलहरु प्रदर्शनी अनि बिक्रीमा राखिएको थियो। आजको पर्वत दिवस समारोहमा च्याउ खेतीमा मिना छेत्रीलाई, दूध उत्पादन एवं डायरीमा पुनम राई योजन, जैविक खेतीमा कमला छेत्री, सेन्ड रुममा पुजा गुरुङ, हातेबाँसको सर समान निर्माण अनि ईको टुरिज्मको निम्ति अबिनाश राई अनि मौरी पालनको निम्ति बिमल ठकुरीलाई चयन गर्दै समारोहको प्रमुख अतिथिको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement