पश्चिम बङ्गाल: म्हाणिपा संघ तीनधारेद्वारा शोक सभा

IMG-20221212-WA0326.jpg

खरसाङ: तीनधारेको म्हाणिपा संघद्वारा शोक सभा सम्पन्न भएको छ। तीनधारेको देवकी योञ्जनको निधनमा सामतेन छ्योलिङ म्हाणिपा लाखाङमा एक सभा सम्पन्न भएको छ। उक्त शोक सभामा म्हाणिपा संघको म्हाणिपाहरूद्वारा शोक सभामा देवकी योञ्जनको आत्मा शान्तिको लागि एक मिनटको मौन धारण गरिएको छ। शोक सभामा शान्ति योञ्जनले आफ्नो सम्बोधनमा देवकी नाना हिन्दु परिवारबाट बुध्दिष्ट परिवारमा आएर पनि बौध्द धर्म, रीति रिवाज, बौध्द परम्परालाई पूर्णरुपले आत्मसात गरी बौध्द आध्यात्मिक कर्म, संस्कार आदिलाई शिरोपर गरेका थिए भनी बताइन्। उनले अघि भनिन् – देवकी योञ्जन म्हाणिपा संघको कर्मठ सदस्या थिइन् भनी बताएकी छन्। शोक सभामा म्हाणिपा संघको सदस्या छोङ बम्जनले देवकी योञ्जनको निधनमा दु:ख प्रकट गरिन्। उनले लाखाङ निर्माणको समय उनले धेरै योगदान दिएको र सहयोग गर्न सदैव तत्पर रहने व्यक्ति थिइन् र उनको अभाव हामीमा सदैव रहनेछ भनी बताउँदै देवकी योञ्जन संघको स्थापनाकालदेखि नै सदस्या थिइन् र उनको निधनले संस्थानलाई अपूरणीय क्षति पुगेको बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement