बङ्गाल: गोर्खाल्याण्डको गठन सम्भव छ तर यसको निम्ति हामी एकबद्ध हुनपर्छ: अजय एडवार्डस

IMG_20221211_190838.jpg

दार्जीलिङ: गोर्खा जातिको हितमा हामी सवै एकबद्ध हुनैपर्छ यो मन्तब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पोखेको हो।एक यात्रा,एक लक्ष्य छुटटै राज्य गोर्खाल्याण्ड निर्माण,माथि गोर्खा जनमुक्ति मोर्चाले दिल्लीको छतरपूर मन्दिरको हलमा दुई दिवसीय महाअधिबेशनको आयोजना गरेको थियो। महाअधिबेशनको आज अन्तिम दिनमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी कान्छो भाइ हो अनि कान्छो भाइको काम ठूलाहरूले भनेको सुन्ने अनि ती विषयहरूलाई अनुसरण गर्ने हो। भारतीय गोर्खाहरूको अवस्था सोचनीय छ। गोर्खाहरूलाई यस्ता अवस्थाहरूदेखि उन्मुक्ति गर्न छुटटै राज्य गोर्खाल्याण्डको निर्माण अति नै जरूरी छ’ अध्यक्ष एडवार्डसले भने। गोजमुमोद्वारा आयोजित दुई दिवसीय सेमिनारमा गोर्खाहरूको अवस्था साथै छुटटै राज्य गोर्खाल्याण्डको विषयमाथि मैले देशको विभिन्न राज्यहरूबाट आएका बरिष्ठ नेतृत्वहरू साथै बुद्विजीविहरूलाई सुने। तिनीहरूलाई सुन्दा मलाई धेरै आनन्द पनि लाग्यो तर गोर्खा जातिको उन्मुक्तिको निम्ति एंव गोर्खा जातिको हितको निम्ति हामी सवै एकबद्व हुनैपर्छ, एकता विना हामी हाम्रो लक्ष्यमा पुग्न सक्दैनौ अध्यक्ष एडवार्डसले भने। विगतमा धेरै राज्यहरूको गठन भई सकेको छ, तिनीहरूले गरेको कार्यहरूबाट हामीले शिक्षा लिन पर्छ,त्यसकारण हामीले हाम्रो अहम, घमण्ड सवै भूलेर गोर्खा हितको निम्ति एकबद्व हुनपर्छ अध्यक्ष एडवार्डसले दोहोराए। बोडोल्याण्डमा हामी गोर्खाहरू धेरै जन संख्यामा छौ तर दुखको कुरा बोडोल्याण्ड काउसिलमा हाम्रो एकैजना प्रतिनिधि पनि छैन। हामी गोर्खाहरूको देशको विभिन्न राज्यहरूमा युगौँ युगौँदेखि बसोबास गर्दै आईरहेका छौँ तर हामी हाम्रो थुप्रै समस्याहरूसँग बसोबास गर्दै आइरहेका छौ त्यसकारण हामीले समय समयमा यस्तै प्रकारको सेमिनारहरूको आयोजना हुन अति नै जरूरी छ। विमल दाजुले सेमिनारको आयोजना गर्नु भयो, यसको निम्ति दाजुलाई अन्तरात्माबाट बधाई दिन्छु अध्यक्ष एडवार्डसले भने। देश स्वतन्त्र भएको यतिका बर्षहरू वितिसक्दा पनि गोर्खाहरूको अवस्था सोचनीय छ। दार्जीलिङ क्षेत्रको भूभागलाई राष्ट्रीय सुरक्षाको दृष्टिकोणले चिकन नेक भन्ने गर्छन तर चिकन नेक क्षेत्रमा बस्ने गोर्खाहरूको अवस्था पनि उस्तै सोचनीय छ। दार्जीलिङ पारी छिमिकी राज्य सिक्किमको जोडताङ रात परेपछि झिलिलि देखिन्छ तर २० फिट खोला वारी बंगालको दार्जीलिङ अध्यारो। जोडताङ र सिंगला बजारलाई केवल २० फिटको खोला मात्र छुटटाएको छ।सिंगला बजार एंव सिंगला कमानको विद्यार्थी नानीहरू स्कूल जानु अघि दुई घण्टा जति समय लगाएर पिउने पानी भरेर जानु पर्छ तर त्यही पारी जोडताङमा बतीको झिलिलि साथै पिउने पानीको छेलो खेलो,सिक्किमको बासिन्दाहरू भाग्यमानी छन् हाम्रो पार्टी अध्यक्ष एडवार्डसले भने। तृणमूल कग्रेस र भागोप्रमोभित्रमा दिल्लीको सेमिनारमा अंश ग्रहण गर्न पाउँनु भन्ने सोच भएकाहरू अवश्यै छ, त्यसकारण अब आउँदो दिनहरूमा आयोजना गरिने सेमिनारहरूमा तिनीहरूलाई पनि हामीले निम्ताउँनै पर्छ अध्यक्ष एडवार्डसले भने। दिल्लीमा आयोजित सेमिनारमा विमल दाजु एक्लै हुनु भयो तर अब दार्जीलिङमा हुने सेमिनारमा विमल दाजुसँगसँगै म पनि खट्ने छु हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने। दिल्लीको सेमिनारमा मैले गोर्खा नेताको छोरा मेरो साथी मन घिसिङलाई देखिन, त्यसरी नै डाक्टर महेन्द्र पी लामा, दिलकुमारी भण्डारीलाई देखिन, शक्ति गुरूङ जस्ता धेरै जना हाम्रो गोर्खा समाजको नेतृत्वहरूलाई आज मैले देखिन, नयाँ बर्षपछि हुन्छ की अथवा कहिले हुन्छ हामीले दार्जीलिङमा यस्तो प्रकारको सेमिनारको आयोजना गरेर तिनीहरू सवैलाई एउटै मञ्चमा ल्याउने प्रयास गरौँ, छुटटै राज्य गोर्खाल्याण्डको गठन सम्भाव छ तर यसको निम्ति गोर्खा एकताको जरूरत छ’ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement