बङ्गाल: सैगुनको काठ सहित ३ जना तस्कर पक्राउ

e8b86e28-1bf4-4f0a-ac02-5a1661f37ca2-1024x576-1

सिलगढी: जङ्गलबाट सैगुनको काठ तस्करी गरिरहेको समय वन विभागको डाबग्राम रेञ्जले ३ जना तस्करलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा मङ्गलु राय, निमाई बर्मन र निताई बर्मन सामेल छन् भने तिनीहरू सबै फाराबाड़ी निवासी हुन्। डाबग्राम रेञ्ज इलाकाको जङ्गलमा गत अबेर राति पेट्रोलिङ अवधि वन कर्मीहरूले चोरी गरेको सैगुनको काठ सहित ३ जना तस्करलाई पक्राउ गरेको छ। पक्राउ परेका ३ जना तस्करलाई आज जलपाईगढी अदालतमा पेश गरेपछि न्यायिक हिरासतमा पठाइएको छ। यस सम्बन्धमा डाबग्राम रेञ्जका रेञ्जर श्यामाप्रसाद चाकलादारले भने, पक्रा परेका ३ जना तस्करविरुद्ध वन अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement