प्रेम

00-Prem

जीवनको जटिलतालाई

सरलता दिने मन्त्र नै प्रेम हो।

प्रेम भए माटो आमा लाग्छ

प्रेम भए साथी, सहोदर भाइ लाग्छ

प्रेम भए ढुङ्गा भगवान लाग्छ।

सबैलाई आत्मसात गराउने

मन्त्र नै प्रेम हो।

प्रेम भए प्रकृति प्यारो लाग्छ,

प्रेम भए हर प्राणी आफ्नु लाग्छ,

प्रेम भए ईश्वरको प्रत्येक कृति राम्रो लाग्छ,

मुटुमा करुणाको विस्फोट गराउने

यन्त्र नै प्रेम हो,

जीवनको जटिलतालाई

सरलता दिने मन्त्र नै प्रेम हो।

प्रेम भए जीवन जीवन्त लाग्छ

प्रेम नभए यो दुनियाँ

द्वन्द्वको कुरुक्षेत्र हुन्थ्यो,

टुटेको फुटेको खण्डहर हुन्थ्यो।

जगतलाई व्यवस्थामा चलाई राख्ने

तन्त्र नै प्रेम हो।

जीवनको जटिलतालाई

सरलता दिने मन्त्र नै प्रेम हो।

About Author

Advertisement