बङ्गाल: जीटीएले स्वर्गीय सुवास घिसिङको सालिग स्थापना गर्ने

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का संस्थापक अध्यक्ष स्व. सुवास घिसिङ l फाइल फोटो

दार्जीलिङ: स्वर्गीय सुबास घिसिङ भारतीय गोर्खाको एक धरोहर, स्रष्टा अनि गौरव हुन्। तिनलाई केवल इतिहासको पानामा होइन, सार्वजनिक स्थलहरूमा पनि वर्तमान अनि भविष्यले देख्न सकोस् भनी अनित थापाले मन्तव्य गरेका छन्। जीटीए प्रमुख कार्यपाल अनित थापाको कार्यालयबाट प्राप्त जानकारीअनुसार जीटीएको पहलमा स्वर्गीय सुवास घिसिङको सालिग स्थापना अनि समाधि निर्माण गरिने बताइएको छ।
७ दिसम्बर २०२२ को दिन जीटीए प्रमुख कार्यपाल अनित थापाले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङलाई पत्राचार गर्दै भनेका छन् कि स्वर्गीय सुबास घिसिङ भारतीय गोर्खाको एक धरोहर, स्रष्टा अनि गौरव हुन्। भारतीय गोर्खालाई पहिचान दिलाउनमा तिनको योगदान अकथनिय रहेको सर्वविदित नै छ।
हाम्रो गौरव, स्रष्टाको उचित मूल्यांकन हुनुपर्छ। उहाँहरूलाई मानिसले केवल इतिहासको पानामा होइन, सार्वजनिक स्थलहरूमा पनि वर्तमान अनि भविष्यले देख्न सकोस। पत्रमा मन घिसिङलाई अनुमति माग्दै भनिएको छ कि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पहलमा स्वर्गीय सुबास घिसिङज्यूको जन्मथलो मञ्जु, मिरिकमा हामी दुई काम गर्न चाहन्छौ:
१. स्वर्गीय सुबास घिसिङको पूर्णाङ्क सालिग स्थापना
२. स्वर्गीय सुबास घिसिङको समाधि निर्माण
यो कार्य गर्नको निम्ति जीटीए प्रशासन जीएनएलएफ पार्टीबाट अनुमति माग्दछ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नीरज जिम्बाले पत्रको प्रत्युत्तर दिएका छन्। पत्रमा तिनले अतुल्य सुबास घिसिङ जसले भारतीय गोर्खालाई राजनैतिक न्याय अनि अधिकार दिलाउन वासभूमिको आन्दोलनको सूत्रपात गरे भन्दै भनेका छन्, “उनको निम्ति जीटीएले लिनु भएको उदार अनि महान कार्यको म प्रशंसा गर्दछु।”
मन घिसिङ, अध्यक्ष गोर्खा राष्ट्रिय मुक्ति मोर्चाबाट सालिग अनि समाधि निर्माणार्थ अनुमति आउनु बाँकी रहेको प्रमुख कार्यपालको कार्यलयले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement