सिलगढी: विद्यार्थी स्वास्थ्य गृहको सिलगढी शाखाको आयोजनामा आइतबार एक योग प्रतियोगिता आयोजना गरिएको थियो। योग प्रतियोगितामा सिलगढीका विभिन्न भागका सहभागीहरूले भाग लिएका थिए। यस प्रतियोगितामा निर्णायकको रुपमा योग विशेषज्ञ शिव हाजरा र अन्य योग विशेषज्ञहरु उपस्थित थिए। कार्यक्रमको संचालन विद्यार्थी गृहका क्षेत्रीय सचिव त्रिदिव विश्वासले गरेका थिए।










