नयाँ दिल्ली: जी-२० वित्त एवं केन्द्रीय ब्याङ्कका प्रतिनिधिहरूको पहिलो बैठक १३ देखि १५ दिसम्बरसम्म बङ्गलुरूमा आयोजित हुनेछ। भारतको जी-२० अध्यक्षताअन्तर्गत वित्त मार्गन कार्यक्रममाथि चर्चासँगै शुरु हुने बैठकको आयोजन संयुक्त रूपमा वित्त मन्त्रालय अनि भारतीय रिजर्भ ब्याङ्कले गर्नेछ। वित्त मन्त्रीका साथै जी-२० देशहरूका केन्द्रीय ब्याङ्कका गभर्नरहरूको नेतृत्त्वमा जी-२० वित्त मार्गनले आर्थिक अनि वित्तीय विषयमाथि ध्यान केन्द्रित गर्दछ। यसले वैश्विक आर्थिक विमर्श अनि नीतिगत समन्वयनका लागि प्रभावी मञ्च प्रदान गर्दछ। वित्त मन्त्री अनि केन्द्रीय ब्याङ्कका गभर्नरहरूको पहिलो बैठक २३ देखि २५ फरवरी २०23 सम्म बङ्गलुरूमा आयोजन हुनेछ।
बालीमा आयोजित जी-२० शिखर सम्मेलनलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले आजको आवश्यकता विकासको लाभ सर्वव्यापी अनि सर्वसमावेशी रहेको बताएका थिए। वित्त मन्त्रालयले यस विचारधारालाई जी-२० वित्त मार्गन कार्यक्रमअन्तर्गत आत्मसात गरेको छ। जी-२० ले वैश्विक नयाँ विचारधाराहरूको परिकल्पना गर्न “प्रमुख प्रेरकशक्ति”को रूपमा काम गर्दै आगामी एक वर्षको अवधिमा सामूहिक कार्वाहीलाई गति प्रदान गर्न भारतले सुनिश्चित गर्ने दूरदृष्टि पनि उनले दिएका छन्। जी-२० वित्त एवं केन्द्रीय ब्याङ्कका प्रतिनिधिहरूको आगामी बैठकको अध्यक्षता आर्थिक मामिला विभागका सचिव अजय सेठ तथा आरबीआईका उप-गभर्नर डा. माइकल डी पात्रले संयुक्त रूपमा गर्नेछन्। दुईदिने बैठकमा जी-२० सदस्य राष्ट्रहरूका समकक्षीका साथै आमन्त्रित कैयौं अन्य देशका प्रतिनिधि अनि अन्तर्राष्ट्रिय संगठनले पनि यसमा भाग लिनेछन्। जी-२० वित्त मार्गनले वैश्विक आर्थिक दृष्टिकोण, अन्तर्राष्ट्रिय वित्तीय संरचना, विकास एवं वित्तपोषण, सतत वित्त, वैश्विक स्वास्थ्य, अन्तर्राष्ट्रिय कराधानलगायत वित्तीय क्षेत्र अनि वित्तीय समावेशन समेट्दै वैश्विक अर्थनीतिको परिप्रेक्ष्यमा सान्दर्भिक मुद्दाहरूको चर्चा गर्नेछ।
बङ्गलुरूको बैठकमा भारतको जी-२० अध्यक्षताअन्तर्गत वित्त मार्गनका लागि कार्यक्रमहरूमाथि चर्चा केन्द्रित रहनेछ। यसमा २१औं शताब्दीको साझा वैश्विक चुनौतीहरूलाई सम्बोधित गर्न अन्तरराष्ट्रिय वित्तीय संस्थानहरूको अभिविन्यास, भावी शहरहरूका लागि वित्तपोषण, वैश्विक ऋण जोखिमहरूको प्रबन्धन, वित्तीय समावेशनको अग्रेसन, जलवायु कार्वाही अनि एसडीजीका लागि वित्तपोषण, अपरिपक्व क्रिप्टो परिसम्पत्तिका लागि वैश्विक रूपमा समन्वित पहल तथा अन्तरराष्ट्रिय कराधान कार्यक्रमको अग्रेसन सामेल छन्। बैठक सँगसँगै, “२१औं शताब्दीको साझा चुनौतीलाई सम्बोधित गर्न बहुराष्ट्रिय विकास ब्याङ्कहरूको सुदृढिकरण” विषयमाथि विशेषज्ञहरूद्वारा चर्चा-परिचर्चा गरिनेछ। यसका साथै “हरित वित्तपोषणमा केन्द्रीय ब्याङ्कहरूको भूमिका” विषयमाथि कार्यगोष्ठी पनि आयोजन गरिनेछ।
भारतको जी-२० अध्यक्षताको ध्येयवाक्य, “एक धरती, एक परिवार, एक भविष्य”ले जी-२० वित्त मार्गनको चर्चालाई मार्गदर्शन गर्नेछ। वित्त मार्गको करिब ४० वटा बैठक भारतको विभिन्न स्थानमा आयोजन गरिनेछ, जसमा जी-२० वित्त मन्त्री अनि केन्द्रीय ब्याङ्कका गभर्नरहरूको बैठक पनि सामेल रहनेछ। जी-२० वित्त मार्गनमाथिको चर्चा अन्त्यमा गएर जी-२० नेताहरूको घोषणामा प्रतिबिम्बित हुनेछ। भारतले जी-२० को अध्यक्षताभार, अन्यका साथसाथै विविध चुनौतीको समय पाएको छ, जसमा भयावह कोभिड-१९ महामारी, बढ्दो भू-राजनीतिक संघर्ष, बढ्दो खाद्य एवं ऊर्जा सुरक्षाबारे चिन्ता, बढ्दो ऋण सङ्कट, मुद्रास्फीतिको दबाव अनि मौद्रिक चाप सामेल छन्। जी-२० को मुख्य भूमिका यी चुनौतीहरूलाई सम्बोधित गर्ने दिशामा मार्गदर्शन गर्नरहेको छ।
भारतको जी-२० अध्यक्षताको समय बढी आवश्यकता देखिएका देशहरूलाई सहयोग तथा विकासशील राष्ट्रहरूको आकाङ्क्षा अनि चिन्तामाथि ध्यान दिनु जी-२० को प्रयासमध्ये अग्रणी रहनेछ। वित्त मन्त्रालय अनि भारतीय रिजर्भ ब्याङ्कले जी-२० वित्त मार्गन कार्यक्रमलाई आजको वैश्विक आर्थिक आवश्यकतालाई सम्बोधित गर्नका साथै उत्तम भविष्यको निम्ति तयारीको दिशामा लक्षित रहनेछ। -पीआईबी