दीपक गजमेर स्मृति भेटरन फूटबलः कालेबुङ भेटरन्स र सोनादा भेटरन्स सेमिफाइनलमा

photocollage_2022121113473252.jpg

घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा कालेबुङ भेटरन्स र सोनादा भेटरन्सले सेमिफाइनलमा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा शनिवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा कालेबुङ भेटरन्सले तुंगसुंग भेटरन्सलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनम र अनिलले गोल गरे। यसरी नै तुंगसुंग भेटरन्सबाट सञ्जय सुब्बाले गोल गरे। यसरी नै दोस्रो क्वार्टर फाइनल म्याचमा सोनादा भेटरन्सले प्रधाननगर भेटरन्स, सिलगढ़ीलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा प्रधाननगर भेटरन्सबाट पेम्बा शेर्पाले २ गोल गरे। यसरी नै सोनादा भेटरन्सबाट राजु तामाङ र सञ्जीत राईले १-१ गोल गरे। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement