टिंगलिंगमा च्याम्पियन्स कपः केएफसी जूनियर सेमिफाइनलमा

IMG_20221211_111701.jpg

नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-को जूनियर टीमले किशालय सिलगढ़ीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेकले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै भेटरन्स प्रतियोगितामा एक्स आर्मी मिरिकले डागापुर सिलगढ़ीलाई २-१-ले पराजित गऱ्यो भनी आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement