मञ्जुश्री गोल्ड कपः जर्जियन एफसी सेमिफाइनलमा

photocollage_20221211111116550.jpg

सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा कालेबुङको जर्जियन एफसी-ले सेमिफाइनलमा स्थान बनायो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा शनिवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा जर्जियन एफसी-ले केकेएफसी झापा (नेपाल)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका प्रणय मुखियालाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा एसडीएफसी, झापा (नेपाल) र डाबग्राम आर्म्ड पुलिसबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement