सिक्किम: ५औँ हिमालयन ओरेन्ज टुरिज्म फेस्टिभल २०२२ सिक्किमे कलाकारहरुको सांस्कृतिक प्रस्तुति

IMG-20221210-WA0308.jpg

गान्तोक: कोलकातामा आयोजना गरिएको तीन दिने लामो ५औँ हिमालयन ओरेन्ज टुरिज्म फेस्टिभल २०२२ को पहिलो दिन टिम सिक्किमले आकर्षाक प्रस्तुति दिएको छ। सो अवसरमा पश्चिम बंगाल सरकारका अग्नि तथा प्रकोप व्यवस्थापन मन्त्री सुजित बोस प्रमुख अतिथिका रूपमा उपस्थित थिए। भारतमा नेपालका काउन्सिलेट जेनरल एशोरराज पौड्याल, भारत सरकारको पर्यटन मन्त्रालयका निर्देशक डा साग्निक चौधरी, पश्चिम बङ्गाल सरकारको पर्यटन विभागका प्रमुख सचिव डा सौमित्र मोहन कार्यक्रममा अतिथिको रूपमा उपस्थिति जनाएका थिए। विशेष अतिथिका रुपमा सात देश इन्डोनेसिया, थाइल्याण्ड, बंगलादेश, श्रीलंका, नेपाल, कोरिया, अमेरिका र जापानका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो। पूर्व सिक्किमको पारखा गाउँका गुरुङ समुदायका युवा नर्तकहरू र खाम्दोङकी भायोलिनवादक सुश्री प्रियंका प्रधानको सुन्दर प्रस्तुतिलाई आगन्तुकहरूले निकै मन पराएका थिए। महोत्सवमा सिक्किम, उत्तर बङ्गाल क्षेत्र, अरुणाचल प्रदेश र नेपालका पहाडी क्षेत्रका सहभागीहरू थिए। सिक्किम टोलीले भारतको उत्तरपूर्वी राज्यहरूमा ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने व्यक्तित्व एसोसिएसन अफ कन्जर्भेसन अफ टुरिज्मका संयोजक राज बसुलाई सम्मान गरेको थियो। साथै पारखा इको भिलेज टुरिजम, रिन्चेनपोङ गाउँ पर्यटन, सुन्दर होटल लगायतका नयाँ उद्यमहरुको भिजुअल डिस्प्लेको पनि प्रशंसा भएको थियो। अर्गानिक उत्पादनहरू जस्तै सुन्तला, रातो खुर्सानी, पेरिल्ला सीड ह्वाइट र नाम्ची मैनबत्ती, तिमी चिया र सिक्किम सुप्रिमका उत्पादनहरूले महोत्सवमा धेरै दर्शकहरूलाई आकर्षित गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement