गान्तोक: गत ८ दिसम्बरदेखि पाल्जोर स्टेडियमको स्पोर्ट्स कम्प्लेक्समा आयोजित ३१औं भेट्रेन अनि मास्टर बेडमिन्टन टुर्नामेन्टको आज समापन भयो। समापन दिनको खेलमा मुख्य अतिथिको रूपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ उपस्थित थिए भने सिक्किम ओलम्पिक एशोसिएनका अध्यक्ष कुबेर भण्डारी, ओलम्पियन जस्लालाल प्रदान, गान्तोक नगरपालिकाका उप मेयर छिरीङ पाल्देन भुटिया लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि खालिङले वर्तमानमा सिक्किममा खेलको क्षेत्रमा धेरै राम्रो प्रगति भइरहेको जानकारी गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा वर्तमानमा खेलाडीहरूलाई धेरै प्रोत्साहित गरिरहेको उनले बताए। राज्यका खेलाडीहरू अहिले खेल खेलेर नै जीविका आर्जन गर्न सकिने स्थिति निर्माण भएको उनले बताए। बडमिन्टनको क्षेत्रमा राज्य देखि बाहिर गएर प्रशिक्षण लिन चाहने खेलाडी हरूलाई आफ्नु व्यक्तिगत तर्फबाट प्रयोजन गर्ने वचन दिए। यदि राज्य बाहिर गएर प्रशिक्षण लिन चाहनेहरु धेरै भए मुख्यमन्त्री समक्ष प्रस्ताव राखेर प्रायोजन गर्ने व्यवस्था गर्ने उनले थप बताए। उनले यस्तो प्रतियोगिता आयोजनको निम्ति आयोजन पक्षलाई बधाई अनि अवर व्यक्त गरे। यो प्रतियोगिताको आयोजनाले राज्यका नव खेलाडीहरूलाई धेरै प्रोत्साहन मिलेको विश्वास व्यक्त गरे। यस्तो प्रकारको अयोजना खेलको अन्य बिधाहरुमा पनि आयोजन गरिनु पर्ने विचार व्यक्त गरे।
कार्यक्रममा खेलाडीहरूलाई उपस्थित मुख्य अथिती अनि अन्य अथितीहरुले विजेता अनि उप विजेताहरुलाई रजत, कास्य अनि स्वर्ण मेडल प्रधान गरियो।
स्मरण रहोस्, स्वास्थ्य जीवनशैलीको सन्देशन सहित आयोजन गरिएको यो च्याम्पियनशिपमा राज्यभरिका १५० भन्दा अधिक खेलाड़ीहरूले भाग लिएको एसोसिएशनले जानकारी गराएका छन्। कोरोनाको समयमा खेलाड़ीहरूलाई धेरै कम संक्रमित भएको कुरालाई मध्यनजर गरेर यही शिलशिलालाई यथालत राख्नको निमित्त यो प्रतियोगिताको आयोजन गरिएको एसोसिएशनले थप जानकारी गराएका छन्। यो प्रतियोगितामा सबैभन्दा धेरै उमेर भएको खेलाड़ी ७६ वर्षीय रविन राईले भाग लिएका हुन्।