सिक्किम: मुख्यमन्त्री तामाङले भोलि किराँत राई समुदायको मुख्यालयको उदघाटन गर्ने

IMG-20221210-WA0307.jpg

गान्तोक: राजधानी गान्तोकको ५ माइल लुम्सेमा निर्माण गरिएको विविध सुविधायुक्त किराँत राई समुदायको मुख्यालय राई खिमको आगामी ११ दिसम्बर राज्यस्तरीय साकेवा पर्वको अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट उद्घाटन गरिने भएको छ। हाल उद्घाटनको निम्ति युद्धस्तरमा तयारी चलिरहेको छ। राज्यस्तरीय साकेवा पर्वको अवसरमा यस खिमको उद्घाटन तयारीलाई लिएर आयोजन समितिका प्रमुख संरक्षक एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले स्थलगत निरीक्षण गरे। लगभग दुई करोड़ रुपियाँको लागतमा निर्मित यस पाँचतल्ले भवन राई जातिको मुख्यालयसँगै यहाँ विविध सुविधा रहेको छ। यहाँ जातीय कार्यसँगै राज्यका सुदुर अनि दुर्गम क्षेत्रबाट राजधानीमा विविध कार्य लिएर आएका किरावाहरूको निम्ति बस्ने सुविधा रहेको छ। विशेषगरी, विरामीहरू लिएर आएका आफन्तहरूलाई निशुल्क बस्ने व्यवस्था गरिने राई खिम उद्घाटन समारोहका अध्यक्ष डा. एस. के. राईले जानकारी गराए। यहाँदेखि मणिपाल अस्पताल हिँड़ेरै पुग्न सकिन्छ जसले गर्दा राज्यबाहिरबाट आएका किरावाहरूको विरामीका आफन्तहरूले यस भवनको भरपूर फाइदा उठाउनसक्नेछन्। यहाँ किचनको पनि निर्माण गरिएको छ, जसमा भविष्यमा खाना पकाउने व्यवस्था पनि गर्ने योजना रहेको उनले थप जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement