असम: युनाइटेड डेमोक्रेटिक लिबरेशन फ्रन्ट अफ बराक भ्याली र ब्रू रिवोल्यूशनरी आर्मी अफ युनियनका विद्रोहीहरूले सोमवार आत्मसमर्पण गर्ने

lay_down-sixteen_nine.jpg

हैलाकान्दी: बराक घाटीको हैलाकान्दी जिल्ला अन्तर्गत काट्लीछोडामा युनाइटेड डेमोक्रेटिक लिबरेशन फ्रन्ट अफ बराक भ्याली र ब्रू रिवोल्यूशनरी आर्मी अफ युनियनका गरी जम्मा 1 हराज १ सय ७९ पूर्व तथा वर्तमान विद्रोही सोमवार औपचारिक रूपमा आत्मसमर्पण गरी समाजको मूलधारमा फर्किने भएका छन्। स्रोतअनुसार युडीएलएफ समूहका ५ सय ४५ र ब्रु समूहका ६ सय ३४ सदस्य आत्मसमर्पण गर्न लागेका छन्। जानकारी अनुसार आत्मसमर्पणका क्रममा अत्याधुनिक बन्दुक, एम–१६ बन्दुक र अत्याधुनिक पिस्तोलसहित २ सय ५० भन्दा बढी हतियार पुलिसलाई हस्तान्तरण गर्ने सम्भावना रहेको छ।

काटलीछोडा चाल्मर्स उच्च माध्यमिक विद्यालय मैदानमा असम विधानसभाका अध्यक्ष विश्वजित डेमरी र मन्त्री पियुष हजारिका लगायत राज्यका वरिष्ठ पुलिस अधिकारीहरूको उपस्थितिमा हुने समारोहमा विद्रोही सङ्गठनका सदस्यहरूले हतियार छोडेर मूलधारमा फर्किने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement