सिक्किम: विभिन्न गुम्पा र मन्दिरका १८३ जना लामा-पुरोहितहरूलाई सम्मान

7f8fe4ab-ed46-476e-98c0-16f50e7dfe1d

नाम्ची: नाम्चीको छोर्तेन स्टोरले आज नाम्ची जिल्लाअन्तर्गत पर्ने विभिन्न गुम्पा र मन्दिरका १८३ जना लामा-पुरोहितहरूलाई सम्मान जनाउँदै धन्यवाद कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा नाम्ची नगर परिषदका पूर्व अध्यक्ष बुद्धछिरिङ तामाङ मुख्य अतिथि रहेका थिए। छोर्तेन स्टोरका मालिक हिस्से लामाले धर्मलाई आत्मसाथ गरेर लामा-पुरोहितहरूलाई सम्मान जनाएको बताउॅंदै यसमा आफ्नो कुनै प्रकारको स्वार्थ नरहेको पनि उल्लेख गरे। यस क्रममा उनले उनका ग्राहकहरूलाई पनि धन्यवाद दिएका छन्।

कार्यक्रममा सम्बोधन गर्दै बुम्टार गुम्पाका चुनी ग्याछो लामाले लामा गुरूजनलाई सम्मान गर्ने कार्यक्रम गरेर हिस्से लामाले उल्लेखयोग्य कार्य गरेको बताए। उनले यसलाई एउटा नौलो प्रकारको कार्यक्रम रहेको उल्लेख गर्दै हिस्से लामाबाट युवाहरूले प्रेरणा लिनुपर्ने कुरामा जोर दिए। कार्यक्रममा साँस्कृतिक नृत्य-गीत आदि पनि सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement