भारतकी दिग्गज धाविका पीटी उषालाई शनिवार भारतीय ओलम्पिक संघ (आईओए)-को पहिलो महिला अध्यक्ष चयन गरियो। यसको साथै भारतीय खेल प्रशासनमा नयाँ युगको शुरुवात भयो। एशियाई खेलहरूमा धेरै पदक जित्नको साथै लस एञ्जलिस ओलम्पिक खेलहरूमा ४०० मीटरको वाधा दौड़मा चौथो स्थान हासिल गर्ने ५८ वर्षीय उषालाई चुनाउपछि शीर्ष पदको निम्ति निर्विरोध निर्वाचित घोषित गरियो। चुनाउ उच्चतम् न्यायालयबाट नियुक्त गरिएको सर्वोच्च न्यायालयका पूर्व जज नागेश्वर रावको देखरेखमा सम्पन्न भयो। उषा अध्यक्ष चयन हुनको साथै आईओए-मा गुटीय राजनीतिले गर्दा उत्पन्न भएको संकट पनि समाप्त भयो। आईओए-को ९५ सालको इतिहासमा उषा अध्यक्ष बन्ने पहिलो ओलम्पयन अनि अन्तर्राष्ट्रिय पदक विजेता हुन्। उषाले २०००-मा खेलबाट सन्न्यास लिन अघि भारतीय र एशियाई एथलेटिक्समा दुई दशकसम्म राज गरेकी थिइन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




