बंगाल: विभिन्न पाठशालामा अध्यनरत् बाल-बालिकाहरूलाई खाता, कलम वितरण

2d5a943a-6e0c-4e35-a447-6cd4f090ef12

वीरपाडा: आज मदारीहाट-बीरपाडा खण्ड अन्तर्गत दलमोर बाँसबारी लाइनमा कप्तान रामसिङ ठकुरी सालिक निर्माण समितिको तत्वावधनमा एउटा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको माध्यमबाट यहाँका विभिन्न पाठशालामा अध्यनरत् बाल-बालिकाहरूलाई खाता, कलम, पेन्सिल, क्लिपबोर्ड, पेन्सिल बक्स, इरेजर, सार्पनर इत्यादि वितरण गरियो।

उक्त कार्यक्रममा विशेष रूपमा वरिष्ठ समाजसेवी जुगेश राई, शिक्षक सबिन थापा, जोहन गुरूङ, गगण थापा, सत्याम तामाङ, दिपेश दर्जी, सबिन सुब्बा ,जीवन प्रधान, सुरज भुजेल , अर्विना योञ्जन आदि लगायत बिभिन्न स्कूलका शिक्षक-शिक्षिकागण अनि अविभावकवर्गको उपस्थिति रहेको थियो भने सबैको बहुलीबाट ती शिक्षण सामग्री प्रदान गरियो। बाल-बालिकाहरूलाई प्रदान गरिएका सम्पूर्ण शिक्षण सामग्री समाजसेवी जुगेश राईद्वारा प्रदान गरिएको अनि तिनी अनि टोलीप्रति कप्तान रामसिङ ठकुरी सालिक निर्माण समितिका अध्यक्ष सबिन थापाले आभार ब्याक्त गरेका छन्। उक्त कार्यक्रमको फलस्वरूप स्थानीय जनसाधारण खुशी अनि आनन्दित भएका छन् भनि गगण थापाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement