रेल मन्त्रीद्वारा नयाँ रेल सेवा काशी तमिल संगमम एक्सप्रेसको घोषणा

00-image001IRUK

नयाँ दिल्ली: केन्द्रीय रेल, सञ्चार र इलेक्ट्रोनिक्स अनि सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले काशी तमिल संगममको घटनाको सम्झनामा काशी र तमिलनाडु बीचको नयाँ रेल सेवा काशी तमिल संगमम एक्सप्रेसको घोषणा गरेका छन्। उनले काशी तमिल संगम भ्रमण गर्न निमन्त्रणा गरिएका तमिलनाडुका प्रतिनिधिहरूसँग कुराकानी गरे। उनले वाराणसी जंक्शन रेलवे स्टेशनको पुनर्विकास योजनाको पनि निरीक्षण गरे। अश्विनी वैष्णवले आठौं ब्याचका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरे। प्रतिनिधिहरूले भ्रमणमा आफ्ना अनुभवहरू र कसरी राम्रोसँग हेरचाह गरिएको थियो साझा गरे। उनले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने रेल मन्त्रालय र आईआरसीटीसी टोलीको प्रयासको प्रशंसा गरे। उनले यस्तो आदानप्रदानले एकअर्काको परम्परा, ज्ञान र संस्कृतिलाई जोड्ने, साझा सम्पदाको बुझाइ सृजना गर्ने र दुई क्षेत्रका जनताबीचको सम्बन्धलाई मजबुत बनाउने बताए।

मन्त्री वैष्णवले काशी तमिल संगममको घटनाको सम्झनामा काशी र तमिलनाडु बीचको नयाँ रेल सेवा काशी तमिल संगमम एक्सप्रेसको घोषणा गरे। छिट्टै सेवा शुरु हुने उनले बताए। केन्द्रीय रेल मन्त्रीले वाराणसी जंक्शन रेलवे स्टेशनको पुनर्विकास योजनाहरूको पनि समीक्षा गरे। उनले आउँदो दिनमा बढ्दो चहलपहललाई ध्यानमा राखी स्टेसनको पुनर्विकासको योजना बनाउन सुझाव दिए। वाराणसी जंक्शन रेलवे स्टेसनको निरीक्षण गर्दै मन्त्री अश्विनी वैष्णवले भने, ‘यस स्टेशनलाई विश्व स्तरको रेलवे स्टेशनको रूपमा पुनर्विकास गर्न रेलवे स्टेशनलाई एयरपोर्ट टर्मिनल जस्तो बनाउने प्रधानमन्त्रीको दृष्टिकोण अनुरूप छl’ उनले यस स्टेशनलाई विश्वकै उत्कृष्ट रेलवे स्टेशन बनाउन करिब ७ हजार करोड रुपियाँ खर्च गरिने बताए।

मन्त्री वैष्णवले आउँदो ५० वर्षको योजना बनाएर पुनर्विकासको काम गरिने बताए। उनले भने, ‘वाराणसी शहरका स्टेशनहरूमा यात्रुहरूको भारी भीड कम गर्न यस क्षेत्रका सबै रेलवे स्टेशनहरूको एकीकृत विकास गरिनेछ। यात्रुलाई आधुनिक सुविधा दिन स्लीपर वन्दे भारत निर्माणको काम छिट्टै शुरु गरिने छl’ कासी तमिल संगमम स्वतन्त्रताको अमृत महोत्सवको एक भागको रूपमा शिक्षा मन्त्रालयद्वारा आयोजित एक महिना लामो कार्यक्रम हो। काशीमा यो पर्व हेर्न विभिन्न क्षेत्रका प्रतिनिधिलाई आमन्त्रित गरिएको छ। रेल मन्त्रालय र आईआरसीटीसीले आमन्त्रित प्रतिनिधिहरूलाई काशी, प्रयागराज र अयोध्याको भ्रमणमा लगे र उनीहरूलाई आतिथ्य प्रदान गरे। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement