सिलगढी: सिलगढी शहरका विभिन्न समस्याहरूबारे जानकारी दिन सिलगढी नगर निगम बोर्डको रेखदेखमा हरेक शनिबार झैं “टक टु मेयर” कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा मेयर गौतम देबले नगरवासीका विभिन्न समस्या सुने र छिट्टै समाधान गर्ने आश्वासन दिए। आजको कार्यक्रममा समस्यासँग सम्बन्धित धेरै फोन नआए पनि सहरको पानी निकासका केही फोन मेयरसम्म पुगेका थिए। यससँगै सहरमा द्रुत गतिमा बहुतले भवन निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्दै केही फोन पनि आएका छन्। यी समस्या सुनेपछि मेयरले प्रहरी प्रशासनलाई जानकारी गराएर कारबाही गर्ने बताए।









