बंग्लादेश यात्रामा रहने भारतीय क्रिकेट टीमले वनडे सीरीज अगावै गुमाए पनि तेस्रो म्याचमा इशान किशनले आफ्नो नीडर ब्याटिंगको साथ रनको साथमा रेकर्डको पनि वर्षा गरे। नियमित कप्तान रोहित शर्माको अनुपस्थितिमा शिखर धवनसँग ओपनिंग गर्न ओर्लिने इशान किशनले १३१ बलमा २४ वटा चौका र १० वटा छक्काको सहायताले २१० रन बनाए। किशनले केवल १२६ बलमा २०० रन पूरा गरे। यसरी उनी वनडे क्रिकेटको इतिहासमा सबैभन्दा तेज दोहोरो शतक बनाउने खेलाड़ी बने। यस मामिलामा उनले वेष्ट इण्डिजका ब्याटर क्रिस गेलको रेकर्ड तोड़े। गेलले १३८ बलमा दोहोरो शतक बनाएका थिए। यस सूचीमा विरेन्द्र सहवाग (१४० बल) तेस्रो अनि सचिन तेन्दुलकर (१४७ बल) चौथो स्थानमा रहेका छन्। समग्रमा वनडे क्रिकेटको इतिहासमा यो नवौं दोहोरो शतक हो। यसमा ६ वटा दोहोरो शतक त भारतीय खेलाड़ीहरूले बनाएका छन्। यो इशान किशनको पहिलो वनडे शतक पनि हो। आज किशनले बंग्लादेशका बलरहरूलाई पिट्नसम्म पिटे।









