फीफा वर्ल्ड कपः पेनल्टी शूटआउटमा जीतको साथ अर्जेण्टिना सेमिफाइनलमा

IMG-20221210-WA0101.jpg

अर्जेण्टिनाले चरम रोमाञ्चक म्याचमा नीदरल्याण्डलाई पराजित गरी फीफा वर्ल्ड कप २०२२-को सेमिफाइनलमा स्थान बनायो। पेनल्टी शूटआउटमा ४-३-ले हासिल भएको यस जीतले अर्जेण्टिनाई टीमका दिग्गज खेलाड़ी लियोनल मेस्सीको विश्व च्याम्पियन बन्ने सम्भावनालाई पनि जीवित राख्यो। मेस्सीले पेनल्टी शूटआउटमा गोलीलाई नेटमा हाले जबकि अर्जेण्टिनाका गोलकीपर एमिलियानो मार्टिनेजले नीदरल्याण्डको दुईवटा प्रयासलाई विफल गरे। अर्जेण्टिनाको तर्फबाट लौटारो मार्टिनेजले निर्णायक पेनल्टीलाई नेटमा हाले। लुसैल स्टेडियममा यी दुई टीमबीच नियमित ९० मिनटको खेलमा खेलमा स्कोर २-२-को बराबरीमा थियो। त्यसपछि अतिरिक्त समयको खेलमा पनि स्कोर २-२ नै रहँदा परिणाम हासिल गर्न पेनल्टी शूटको सहारा लिइयो। म्याचमा नीदरल्याण्डले असाधारण प्रदर्शन गऱ्यो। टीम लगभग अन्तसम्म पनि २ गोलले पछि रहेको थियो तर सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिने वोट वेगहर्स्टले अन्तिम समयमा दिलाएको २ गोलले डच टीम २-२-को बराबरीमा पुग्यो। म्याचको १२८औं मिनटमा दिग्गज खेलाड़ी डेञ्जेल डम्फ्रिसले रातो कार्ड देख्दा नीदरल्याण्ड दबाउमा पऱ्यो। त्यही दबाउले गर्दा पेनल्टी शूटआउटमा पराजित भएर टीम वर्ल्ड कपबाट बाहिर भयो।

अर्जेण्टिनाले सेमिफाइलमा क्रोएशियाको चुनौती स्वीकार्नेछ, जसले पहिलो क्वार्टर फाइनल म्याचमा ब्राजीललाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। यो १९९० पछि केवल दोस्रो अवसर हो जब अर्जेण्टिना वर्ल्ड कपको अन्तिम चारमा पुग्न सफल भयो। मेस्सी २०१४-मा त्यस टीमको हिस्सा थिए, जसले फाइनलमा जर्मनी विरुद्ध हारको सामना गर्नु परेको थियो। मेस्सी एकपल्ट फेरि आफ्नो टीमलाई फाइनलसम्म पुऱ्याउने मिजासमा रहेका छन् कारण उनको उपलब्धिहरूका अपार संग्रहमा वर्ल्ड कपको ट्रफी चाहिँ सामेल छैन। म्याचमा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनालाई नाहुएल मोलिनाले ३५औं मिनटमा बढ़त दिलाए। त्यसपछि लियोनल मेस्सीले ७३औं मिनटमा पेनल्टीबाट गोल गरी अर्जेण्टिनालाई २-०-ले अघि पारे। चरम दबाउबीच नीदरल्याण्डको निम्ति आशाको किरण बनेर अघि आउने वेगहर्स्टले अन्तिम समयमा २ गोलको साथ टीमको सम्भावनालाई जीवित राखे। वेगहर्स्टले ८३औं अनि स्टपेज टाइमको ११औं मिनटमा गोल गरे। शुक्रवार अबेर राति खेलिएको म्याचमा मेस्सीले यस वर्ल्ड कपमा आफ्नो चौथो गोल गरे। समग्रमा यो उनको वर्ल्ड कपमा १०औं गोल हो। यसको साथै उनले गेब्रियल बातिस्तुताको अर्जेण्टिनाई रेकर्डको पनि बराबरी गरे। मेस्सीको नाममा अहिले १६९ वटा अन्तर्राष्ट्रिय म्याचमा ९४ गोल रहेको छ।

म्याचमा जम्मा १७ वटा पहेंलो कार्ड देखाइयो, जसमा एउटा पहेंलो कार्ड मेस्सीले पनि देखे। पेनल्टी शूटआउटमा अर्जेण्टिनाबाट इञ्जो फर्नाण्डीसले मात्र गोलीलाई नेटमा हाल्न सकेनन्। उनले अतिरिक्त समयको खेलमा पनि गोल गर्ने मौका गुमाएका थिए। नीदरल्याण्डको यस हारको साथै ७१ वर्षीय लुई भान गालको यस टीमका प्रशिक्षकको रूपमा तेस्रो कार्यकाल पनि समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement