उत्तर दिनाजपुर: करंदीघी ब्लक अन्तर्गतका विभिन्न पञ्चायत क्षेत्रमा शुक्रबार जल सपना परियोजनाको शिलान्यास गरिएको थियो। गाउँलेको राम्रो स्वास्थ्यलाई ध्यानमा राखेर यो पहल गरिएको हो। यस दिन यस आयोजनाको शिलान्यासलाई लिएर सम्पूर्ण क्षेत्रमा खुसीको वातावरण देखिएको छ। राज्यको मुख्यमन्त्री ममता बनर्जीले प्रत्येक घरमा आर्सेनिक मुक्त पेय पानी सेवा उपलब्ध गराउन जल सपना योजना सुरु गरिन्। यो आयोजना अनुसार पाइपलाइनबाट घर–घरमा स्वच्छ खानेपानी पु¥याउने छ। करंदीघीका विधायक गौतम पालको पहलमा यस पटक सो क्षेत्रका जनताले त्यो सेवा लिन लागेका हुन्। यस अन्तर्गत करन्दीघी नम्बर १ ग्राम पञ्चायतको पलाशबारी, पाण्डेपुर, बडा सोहरलगायत धेरै गाउँमा शुक्रबार दिउँसो विधायकले यस आयोजनाको शिलान्यास गरेका हुन्। बीडीओ नितिश तामाङ र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।पलाशबारी मौजामा यो आयोजनाका लागि करिब एक करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको प्रशासनिक स्रोतले जनाएको छ। जसलाई लिएर गाउँका सर्वसाधारण उत्साहित छन्। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस क्षेत्रका जनताले ट्युबवेलको पानी पिउनुपर्ने बताए। आइरन युक्त पानी पिएपछि सर्वसाधारणलाई पेटको समस्या हुने गर्छ।
त्यसैलाई मध्यनजर गर्दै सरकारले ती सबै जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यो आयोजना सुरु गर्न लागेको हो। अहिले पाइपलाइनको काम भइरहेको छ। यसबाट आम जनतालाई धेरै फाइदा हुनेछ। जबकि बीडीओ नितिश तामाङले यो काम छिट्टै सम्पन्न हुने बताए। जसका लागि बीडीओले गाउँलेलाई सहयोगको अपिल गरेका छन्।








