हेमा मालिनीले पति धर्मेन्द्रको जन्मदिनलाई विशेष बनाइन्  

00-Dharmendra-Birthday2

मुम्बई: दिग्गज अभिनेता मध्ये एक धर्मेन्द्रले आफ्नो जन्मदिन आफ्नो परिवारसँग मनाएका छन्, जसको तस्वीर हेमा मालिनीले सामाजिक सञ्जालमार्फत सेयर गरेकी छिन्। गएको ८ दिसम्बरमा बलिउडका हीम्यान भनिने दिग्गज अभिनेता धर्मेन्द्रका लागि निकै विशेष दिन थियो। अभिनेता ८७ वर्षका भए। उनको जन्मदिनको अवसरमा बिहानैदेखि उनलाई बधाई दिने क्रम जारी थियो। धर्मेन्द्रले आफ्नो परिवारसँग केक काटेर यो विशेष दिन मनाए। अब धर्मेन्द्रकी पत्नी तथा बलिउड अभिनेत्री हेमा मालिनीले ट्वीटरमा केही विशेष तस्वीर शेयर गरेकी छिन्।

यी तस्वीरहरूमा हेमा मालिनी र उनका दुई छोरी (इशा र आहाना) ले धर्मेन्द्रको जन्मदिनलाई कसरी विशेष बनाएको देख्न सकिन्छ। दुवै छोरी र हेमा मालिनीले पनि धर्मेन्द्रलाई फूलको गुच्छा दिएका थिए। यसै क्रममा हेमा मालिनी पनि श्रीमान्लाई केक खुवाउँदै देखिएकी छिन्। यसअघि हेमा मालिनीले ट्विटरमा धर्मेन्द्रको नाममा जन्मदिनको पोस्ट पनि लेखेकी थिइन्। यो पोस्टमार्फत उनले पतिको सुस्वास्थ्य, दीर्घायु र सधैं खुशी रहन कामना गरेकी छिन्। साथै हेमा मालिनीले लेखेकी छिन्, ‘मेरो प्रार्थना सधैं उनीसँग छ। मेरो जीवनको मायालाई जन्मदिनको शुभकामना।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *