फीफा वर्ल्ड कपः पाँचपल्टको च्याम्पियन ब्राजील बाहिर, क्रोएशिया सेमिफाइनलमा

IMG-20221210-WA0007.jpg

क्रोएशिया विरुद्ध पराजित भएर पाँचपल्टको च्याम्पियन ब्राजील फीफा वर्ल्ड कप २०२२-बाट बाहिर भयो। शुक्रवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा गत संस्करणको उपविजेता क्रोएशियाले ब्राजीललाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। म्याचमा ब्राजीलको तर्फबाट नेमारले राष्ट्रिय टीमबाट सर्वाधिक गोल गर्ने महान पेले (७७ गोल)-को रेकर्डको बराबरी गरे पनि टीमलाई पराजयको सम्मुखीन हुनदेखि बचाउन सकेनन्। एजुकेशन सिटी स्टेडियममा आज दुई टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भयो अनि नियमित नब्बे मिनटको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि अतिरिक्त समयको खेल भयो। अतिरिक्त समयको खेलमा नेमारले असाधारण दक्षताको साथ गोल गरी ब्राजीललाई १-०-को बढ़त दिलाए। त्यसपछि क्रोएशियाले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। ब्रूनो पेटकोविचले ११७औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि पेनल्टी शूटआउटमा क्रोएशियाको तर्फबाट मिस्लाव ओरसिच, लुका मोड्रिच, लोवरो माहेर र निकोला भ्लासिचले पहिलो चारैवटा शट् नेटमा हाले। यसको विपरीत ब्राजीलबाट पेड्रो र कासोमिरोले गोलीलाई नेटमा हाले पनि मार्क्विन्होस र रोड्रिगोलो शट् नेटमा पस्न सकेन।

About Author

Advertisement