बंगाल: भोको पेटलाई राषन दिने अजय एडवार्डसको सहयोगलाई कसैले पनि राजनीति चष्माले हेर्ने काम नगरोस: सुनिता राई

photocollage_2022129171747505.jpg

दार्जीलिङ: भोको पेटलाई राशन दिने अजय एडवार्डसको सहयोगलाई कसैले राजनीतिकरण नगरी दिने राँगेरूङ चिया बगानको श्रमिकहरूले आहवान गरेको छ। राँगेरूङ चिया बगानमा एडवार्डस फाउण्डेशनले आज दोस्रो चोटी राहत समाग्री वितरण गरयो।पहाडको १० वटा बन्द चिया बगानहरूमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले राहत समाग्री वितरण गर्ने साथै मेडिकल क्याम्पहरूको आयोजना गरी दिने वचन दिएका थिए। त्यसै फलस्वरूप गत केही महिना अधिदेखि बन्द चिया बगानहरूमा एडवार्डस फाउण्डेशन ले राहत समाग्री साथै मेडिकल क्याम्पहरूको आयोजना गर्दै आई रहेका छन। यसैक्रममा आज राँगेरूङ चिया बगानमा दोस्रो चोटी राहत समाग्री वितरण गर्ने कार्य गरेको छ।यसै संदर्भमा राँगेरूङ चिया बगानको श्रमिक सुनिता राईले उपस्थित भीडलाई सम्बोधन गर्दै गत धेरै महिना अधि हामीले कामको दाम पाएको छैनौ।काम गरेको रोजी नै नपाएपछि हामी गरीव श्रमिकहरूलाई धर परिवारको पालन पोषण गर्न धेरै गाह्रो पर्न जान्छ। यस्तो स्थितिमा हामीले हाम्रो धर कसरी चलाउँदैछौ त्यो हामीलाई थाहाँ छ तिनले भने। चूनाव अधि धेरै राजनैतिक दलहरू हामीलाई भोट माग्न आए अनि त्यस समय हामीलाई उनीहरूले ठूल्ठूला आशाहरू देखाए तर हामीले यतिका दिनहरू भोक भोकै विताउँदा उनीहरूले हाम्रो दुख सोध्न समेत आएको छैन। कोरोना संक्रमण कालमा संग्रह गरेको जीटीए चेयरम्यान रिलिफ फण्ड दिन्छ की भन्ने हामीले आशा साचेका थियौ तर त्यो पनि दिएनन। यस्तो दुखको समयमा हामीलाई अजय एडवार्डसले आजसम्म दुई दुई चोटी राहत समाग्रीहरू दिए। एक चोटी मेडिकल क्याम्प पनि गरी दिए।मेडिकल क्याम्पमा धेरै स्थानीय विमारी दाजु भाई, दिदी बहिनी, आमा बाबाहरूले उपचार गराए अनि सित्थैमा दवाईहरू दिए। गरीव दुखी अनि श्रमिकहरूप्रतिको अजय एडवार्डस को सहयोगलाई हामी कहिले पनि भूल्न सक्दैनौ,उनलाई ईश्वरले सधैभरी समक्ष गरून चिया श्रमिक सुनिता राईले भने। तिनले अझ भने सत्ताको चैकीमा बस्नेहरूले गर्नु पर्ने काम आज विपक्षीमा बसेका अजय एडवार्डसले अन्तरात्माले सहयोग पूराउँदै आउँदैछ। जसले सहयोग गर्दैछ, उसले सहयोग गरेेको छ भन्नै पर्छ तर अजय एडवार्डसको सहयोगलाई कसैले पनि राजनीति चश्माले नहेरी दिने राँगेरूङ चिया बगानको श्रमिक सुनिता राईले आहवान गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *