सिलगढी: सिलगढीको ४६ नम्बर वार्डको ९९ जना परिवारलाई सरकारद्वारा स्थायी रूपमा बसोबासको लागि निज गृह, निज भूमि’ अर्थात् आफ्नो घर, आफ्नो भूमि परियोजना अन्तर्गत जमिनको पट्टा प्रदान गरिनेछ। आज मेयर गौतम देवको उपस्थितिमा सिलगढीको बाघाजतीन पार्कमा जमिनको पट्टा प्रदान गर्ने प्रक्रिया शुरू भएको छ। ९९ परिवारलाई १ रुपियाँमा जमिनको पट्टा अर्थात् लिज प्रदान गरिनेछ भने अन्य २९ जनालाई जमिनको लिज प्रदान गरिनेछ। यस अवसरमा सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, ४६ नम्बर वार्डका काउन्सिलर दिलीप बर्मन लगायत अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए।

यस विषयमा मेयर देवल भने, १ रुपियाँमा ‘निज गृह, निज भूमि’ अर्थात् आफ्नो घर, आफ्नो भूमि परियोजना अन्तर्गत मोठ ९९ परिवारलाई लिज प्रदान गरिनेछ यो कार्य अन्तिम चरणमा छ। दिसम्बर महिना सम्ममा लिज प्रदान गरिनेछ। यसबाहेक अन्य २९ जना परिवारलाई सरकारी मूल्यमा स्थायी रूपमा जमिनको लिज प्रदान गरिनेछ।










