सिक्किम: बहिनी योजना कार्यान्वयनको निम्ति सम्झौता पत्रमा हस्ताक्षर

IMG-20221208-WA0395.jpg

गान्तोक: राज्य सरकारद्वारा शुरू गरिएको अति नै महत्वपूर्ण योजना बहिनी-को कार्यान्वयन गर्नका लागि हिजो राज्यको शिक्षा विभाग र एनएचपीसीबीच सम्झौता पत्रमा हस्ताक्षर गरियो। उल्लेखनीय छ, यस योजना अन्तर्गत राज्यको सबै विद्यालयहरूमा कन्या विद्यार्थीहरूको निम्ति सेनिटेरी प्याड भेन्डिङ मशिन जडान गर्नको निम्ति कम्पनीले ६७ लाख रूपियाँ शिक्षा विभागलाई प्रदान गरेको छ। यस धनराशिको सहयोगमा राज्यका १३४ वटा विद्यालयहरूमा सेनिटेरी पेड बनाउने मशिन जडान गरिने भएको छ। यस योजनाको माध्यमद्वारा आठौंदेखि बार्हौं श्रेणीसम्मका कन्या विद्यार्थीहरूले लाभ उठाउन सक्नेछन्।

About Author

Advertisement