बाघडुग्रा: जन्मदिनको अवसरमा घाँटी दबाएर हत्या

5079-1.jpg

मालिक र कर्मचारीमाझ समलैंगिक सम्बन्ध रहेको थियो‌ भने उनीहरुको सम्बन्धमा अन्य कुनै तेस्रो व्यक्ति रहेको शंकामा मालिकले तिनको हत्या गरिदिए। घटना अनुसार, गत ६ दिसम्बर बिहान बाघडुग्रा थाना पुलिसले खैरानी जोत इलाकाको एउटा मैदानबाट एकजना अज्ञात युवकको मृतदेह उद्धार गरेको थियो। मृतदेहको पोस्टमार्टम गरियो। यसको रिपोर्ट अनुसार त्यस युवकको हत्या भएको थियो। बाघडुग्रा थानाको पुलिसले अन्तत: रहस्यको सम्पूर्ण घटनाबारे पर्दा उठाइदिएको छ। यस रहस्यमय मृत्युको कारण पनि पुलिसले पत्तो लगाएको बताइएको छ। जाँच अवधि मृतक युवकको परिचय कुणाल सिंह (२०)-को रूपमा पुलिसले चिन्हित गरेको थियो। यसपछि बाघडुग्रा पुलिसले घटनास्थल अनि मोबाइलको सहयोगमा जाँचलाई अघि बढाएर यस हत्याकाण्डको मुख्य आरोपी अनि तिनको एकजना साथीलाई गत राती नै पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको आरोपीहरूको नाम विश्वजीत शील उर्फ बबाई (२५) र एमडी मौफिस (१८) रहेको छ। दुवै आरोपीहरुलाई सोधखोज गरेपछि थाहा लागे अनुसार मृतक कुणाल सिंह बाघडुग्रामा विश्वजीत शीलको खेलौना दोकानमा काम गर्थे। यस अवधि विश्वजीत र कुणालमाझ समलैंगिक सम्बन्ध भएको थियो। यसपछि दुवैमाझ सबै राम्रै चलिरहेको थियो। तर यस अवधि विश्वजीत शीललाई अन्य कसैसित कुणालको सम्बन्ध रहेको आशंका लागेपछि विश्वजीत शीलले कुणाललाई मन पराउन छोडे। यसपछि गत ५ दिसम्बर मृतक कुणाल सिंहको जन्मदिनमा विश्वजीतले तिनलाई धेरैपल्ट कल गरे तर कुणालले फोन उठाएन। यसपछि विश्वजीतलाई अझ धेर रिस उठ्यो। तथापि पछि कुणालसित विश्वजीतको फोनमार्फत कुरा भयो। यता, विश्वजीत आफ्नो योजना अनुसार कुणाललाई बाघडुग्राको खैरानी जोत इलाकाको एउटा खाली मैदानमा बोलाएर विश्वजीत, एमडी मौसिफ र कुणालले बर्थ डे पार्टी मनाए। यसपछि विश्वजीत शील र एमडी मौसिफ दुईजना मिलेर कुणालको घाँटी दबाएर तिनको हत्या गरे। पुलिस सूत्रमार्फत थाहा लागे अनुसार आरोपी विश्वजीत शीलले आफ्नो साथी एमडी मौसिफलाई कुणालको हत्या गर्नमा साथ दिनको लागि २७०० रूपियाँ दिएका थिए। हाल बाघडुग्रा थाना पुलिसले दुवै आरोपीलाई हत्याको मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरे। अदालतले दुवै आरोपीलाई न्यायिक जाँचको लागि पुलिस रिमान्डमा लैजाने निर्देश दिएको

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *