उत्तरबंग विकास मन्त्री उद्यन गुहले आज सिलगढी महकुमा परिषदको सभाकक्षमा सिलगढी महकुमा इलाकाको चौतर्फी विकास गर्ने उद्देश्य लिएर एउटा बैठक गरे। यस बैठकमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, जिल्लाशासक एस पन्नमबलम लगायत अन्य शीर्ष अधिकारीहरू उपस्थित थिए। बैठक शुरू हुन अधि सिलगढी महकुमा परिषदको नवनिर्वाचित बोर्डको तर्फबाट मन्त्री उद्यन गुहलाई फुलको गुच्छा प्रदान गर्नको साथै खदा लगाइ दिएर संवर्द्धना जनाइयो। उक्त बैठकमा मुख्यतः सडक, ड्रेन, कल्भर्ट लगायत अन्य विविध विकासमूलक कार्यबारे चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा मन्त्री गुहले भने, सिलगढी महकुमा इलाकाको चौतर्फी विकास कसरी अनि के के काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा चर्चा- परिचर्चा गरियो।










