नक्सलबारी: ब्राउन सुगर सहित नक्सलबारीमा दुइजना पक्राउ

5079.jpg

दुइजना तस्करलाई एसएसबीले ब्राउन सुगरसहित पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको काहरू मतिगढाको ठिकनिकाटा निवासी थिरेन सिंह (४८) र राजु राय (३४) सामेल छन्। जानकारी अनुसार थिरेन र राजु सब्जीको ब्यागमा मादक पदार्थ लिएर नक्सलबारीको बीडीओ अफिस संलग्न इलाकामा बिक्री गर्ने उद्देश्यले गएको समय एसएसबी ८ नम्बर बटालियनका जवानले ती दुईलाई पक्रेर छानबीन गर्दा ३९४ ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य ९ लाख रुपियाँ रहेको छ। एसएसबीले पक्राउ गरेको दुइजना व्यक्तिलाई नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ।भोलि शुक्रबार ती दुइजना व्यक्तिलाई सिलगढी अदालतमा पेश गरिने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *