इस्लामपुर: सरकारी गोदामबाट किताब चोरी मामिलामा कांग्रेस उफ्रियो, दोषीलाई कारबाही गर्न माग

IMG_20221208_191536.jpg

सरकारी गोदामबाट किताब चोरी प्रकरणका दोषीलाई पक्राउ गर्न माग गर्दै कङ्ग्रेसले आन्दोलनलाई तीव्र बनाएको छ। कङ्ग्रेसको सेलले बिहीबार इस्लामपुर प्रहरी चौकीमा सरकारी किताब चोरी प्रकरणमा वास्तविक दोषीलाई पक्राउ गर्न माग गर्दै पत्राचार गरेको छ। पूर्व विधायक तथा कङ्ग्रेस नेता अलि इमरान रामज उर्फ विक्टर, कङ्ग्रेसको कानुनी सेलका सदस्यले भने कि प्रहरीले घटनाका वास्तविक दोषीहरूलाई अझै पक्रन सकेको छैन। तर, सो घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी ७ दिनको प्रहरी हिरासतमा राखेको छ। आरोपितले सार्वजनिक रुपमा यस कार्यमा आफू संलग्न रहेको बताउँदै विद्यालय निरीक्षकसहित अन्य दुइजनाको नाम पनि बताए पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन। कङ्ग्रेसको कानुनी सेलले इस्लामपुर प्रहरी चौकीलाई पत्र दिएर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरेको छ। साथै तिनले यस काण्डमा संलग्नलाई पक्राउ नगरे आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *