सिलगढी: एसएसबी-को ४१औं बटालियन रामधनजोत र भाटगाउँ मुख्यालयका जवानहरूले भारत-नेपाल सीमाको खोरीबारी ब्लकको बन्चभिटा क्षेत्रमा छापा मारेर लरीबाट कुल ३२ भैँसी उद्धार गऱ्यो। यस घटनामा ६ तस्करीलाई पक्राउ गरेका छन्। तिनीहरू सबैलाई आवश्यक कारवाहीको लागि खोरीबारी प्रहरी चौकीमा बुझाइएको छ। पक्राउ पर्नेहरूको नाम मोहम्मद ताहिर, मोहम्मद खुशी आलम, पप्पु कुमार, मिन्टु कुमार, मोहम्मद रफिकुल इस्लाम, फोनी रोय रहेको खोरीबारी प्रहरीले जनाएको छ। यी मध्ये पहिलो चार बिहारका बासिन्दा हुन्। मोहम्मद रफिकुल असमको मुरिगाउँ क्षेत्रका बासिन्दा हुन्। अर्कोतर्फ नक्सलबारी प्रहरी चौकीमा कार्यरत प्रहरी अधिकृत फोनी रोय अलिपुरद्वारका निवासी भएको बताइएको छ। प्रहरी स्रोतका अनुसार तस्करहरू बिहारबाट असममा भैँसी तस्करीमा संलग्न थिए।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




