खरसाङ: जीटीए चिफ् अनित थापालद्वारा शहीद सतपाल राईको सालिग अनावरण

IMG-20221208-WA0145.jpg

शहीद कहिले मर्दैनन्: अनित थापा

एक वर्ष अघि जेनेरल विपिन रावतसँगै हेलिकप्टर दुर्घटनामा शहीद बनेका ग्लेनबर्न निवासी सतपाल राईको सालिग अनावरण गरिएको छ। शहीद सतपाल राईको सालिग अनावरण जीटीए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। अनावरण समय सहिदलाई श्रदाञ्जली दिँदै अनित थापाले भने, “सहिद कहिले मर्दैन।”
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय प्रवक्ता केशव राज पोख्रेलले जानकारी दिँदै भने, ” पार्टी अध्यक्ष साथै जीटीए प्रमुख कार्यपाल अनित थापाले दिवङ्गतको परिवारलाई भेट गर्नु भएको समय, गाउँवासीलाई सहिद राईको सालिक निर्माण गरिदिने वचन दिएका थिए। आज ठीक सहिद राईको प्रथम पुण्यतिथिको दिन नै उनले आफ्नो वचन पूरा गर्दै सहिद सतपाल राईको सालिगको अनावरण गरिएको छ।”
स्मरण रहोस गत ८ डिसेम्बर २०२१ को दिन तमिलनाडुको कन्नुर भन्ने ठाउँमा हवाई दुर्घटना भएको थियो। त्यस दुर्घटनामा जेनेरल विपिन रावत, सीडीएससहित अन्य १३ जना शहीद बनेका थिए।
सहिद सतपाल राईको पार्थिव शरीरलाई १२ डिसेम्बरको दिन उनको गाउँमा ल्याइएको थियो। सहिद राईलाई अन्तिम श्रदाञ्जली दिनु गएको समय अनित थापाले सहिदको सालिग स्थापना गर्ने वचन दिएका थिए। आज त्यही वचन अनुसार सहिद सतपाल राईको सालिक स्थापना साथै अनावरण गरियो।

केशव राज पोख्रेलले जानकारी दिँदै भने, ” लेबोङबाट आर्मीका लेफि्टनेन्ट कर्णेल टीसी त्ययूम अनि आर्मी ब्यान्डले सहिदलाई श्रदाञ्जली चढाए।”
सालिग अनावरण समय पार्टीका महासचिव अमर लामा, सभासद्हरु योगेन्द्र प्रधान, नोर्देन शेर्पा, मणिकुमार राईको विशेष उपस्थिति रहेको थियो। त्यसरी नै आलोककान्त मणि थुलुङ अनि केशवराज पोख्रेलले सहिदलाई श्रदाञ्जली चढाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *