भारतीय जनता पार्टीको खरसाङमा कार्यालय उदघाटन गरिएको छ। खरसाङको पंखाबारी रोडमा भारतीय जनता पार्टीको कार्यालय खरसाङ विधान सभाको प्रभारी योगेस प्रधानको बाहुलीबाट उदघाटन गरिएको छ। खरसाङ क्षेत्रका जनसाधारणको विभिन्न समस्याहरू र कुनै असुविधा साथै जनगुनासोहरू सुन्नलाई भारतीय जनता पार्टीले खरसाङमा आफ्नो कार्यालय उदघाटन गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यालय उद्घाटन समारोहमा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, कार्यालय सचिव कृष्ण बराईली, जिल्ला सदस्यहरू सञ्जय थापा, मदन जोगी, जिल्ला युवा मोर्चाको महासचिव बिनय प्रसाद, जिल्ला युवा सचिव राकेस सिंह, जिल्ला मीडिया प्रभारी चन्दन प्रसाद लगायत अन्यहरू उपस्थित रहेका थिए।

कार्यालय उदघाटन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले आज खरसाङमा भारतीय जनता पार्टीको पार्टी कार्यालय उदघाटन गरिएको र यहाँ जनसाधारणले कुनै पनि समस्याहरू र जनगुनासोहरू राख्न सक्ने बताएका छन्।







