गुजरातमा भाजपाको जित, बंगालमा उत्सव

IMG_20221208_151406.jpg

कोलकता: गुजरात विधानसभा चुनाउमा बिजेपीको जितपछि देशभरिका पार्टी समर्थकहरूले उत्सव मनाइरहेका छन्। पश्चिम बंगालमा पनि भाजपाका समर्थकहरूले गुजरातको जितको खुसी मनाइरहेका छन्। राजधानी कोलकतास्थित बिजेपीको राज्य कार्यालयमा गुजरात विधानसभा चुनाउमा भाजपाको जितमा पार्टीका नेता र कार्यकर्ता खुसीमा नाचिरहेका देखिन्छन्। गुजरात चुनाउको नतिजा आज आएको छ र त्यहाँ भाजपाले जित हासिल गरेको छ। भाजपाको प्रदेश कार्यालयमा पार्टीका नेताहरूले एकार्कालाई मिठाई खुवाएर जितको खुसी मनाइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement