गान्तोक: काेलकता पर्यटन महोत्सवमा सिक्किमका उद्यमीहरुको सहभागिता

IMG_20221207_233125.jpg

सिक्किमबाट ३६ सदस्यीय टोली ९ देखि ११ दिसम्बरसम्म कोलकाता शहरमा आयोजित तीन दिवसीय ५ औं हिमालयन ओरेन्ज टुरिज्म फेस्टिभलमा भाग लिन प्रस्थान भएको छ। टोलीमा सिक्किममा नयाँ गाउँका पर्यटकीय गन्तव्यहरूका विभिन्न सरोकारवालाहरू समावेश छन्। पारखा, रिन्चेनपोङ, नामथाङ र असम लिङ्जेसहित अन्य गाउँका सदस्यहरु छन्। महोत्सवमा नयाँ होटल, रिसोर्ट, ट्राभल एजेन्ट, तिमी टी स्टेट, सिक्किम सुप्रीम, नेचर गिफ्ट, नाम्ची मैनबत्ती, बाँस हस्तकला डिजाइनर र सेल्फ हेल्प ग्रुपका प्रतिनिधिहरू पनि महोत्सवमा सहभागी हुनेछन्। पारखा, पूर्व सिक्किमका गुरुङ कलाकारहरुले परम्परागत गुरुङ समुदायको नृत्य र पूर्व सिक्किमको खामदोङका शीर्ष भायोलिनवादक प्रियंका प्रधानले महोत्सवको केन्द्रमा प्रस्तुति दिनेछन्। सिक्किमका ग्रामीण पर्यटकीय गन्तव्यहरूलाई प्रवर्द्धन गर्नुका साथै, टोलीले राज्यको जैविक उत्पादनहरू, तिमी चिया, सिक्किम सुप्रिमको भर्खरै सुरु गरिएको इनर्जी ड्रिंक्स, बाँसको शिल्पलाई पनि प्रवर्द्धन गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement