गान्तोक: नशालु पदार्थसहित एक पक्राउ

IMG-20221207-WA0397.jpg

वाहनहरूको नियमित जाँचको क्रममा आज रम्फू चेकपोस्टमा पुलिसले नशालु पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार पुलिसले सुदिप भुजेल नाम गरेको एक २७ वर्षीय युवकलाई नशालु पदार्थसहित पक्राउ गरेको छ। आरोपी मूल रुपमा मल्लीको रमाबुङ तुरुङ निवासी बताइएको छ जो हाल गान्तोकको देउरालीमा रहँदै आएका छन्। आरपी सिलगढ़ीदेखि गान्तोकतर्फ आइरहेको एउटा बसमा सवार थिए। पुलिसले आरोपी विरुद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६अन्तर्गत मामिला दर्ता गरेर कानुनी कार्यवाही आरम्भ गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *