नाम्ची: अस्वस्थ खाद्य सामग्री बिक्रेताहरूविरुद्ध विभागको कठोर पहल

IMG-20221207-WA0395.jpg

राज्यको खाद्य एवं औषधि प्रशासन, स्वास्थ्य एवं परिवार कल्याण विभागले हाल जनगुनासोलाई ध्यानमा राख्दै राज्यभरि नै आफ्नो अभियान चलाएर फोहोर अनि अस्वस्थ खाद्य सामग्री बिक्रेताहरूविरुद्ध कठोरता अपनाउँदै कार्वाही गरिरहेको छ। यसै क्रममा खाद्य एवं औषदि प्रशासन, स्वास्थ्य एवं परिवार कल्याण विभागका खाद्य सुरक्षा अधिकारी डा. गोपाल छेत्रीले नाम्ची बजारको निरीक्षण गरे। खाद्य सुरक्षा एवं मानक अधिनियम २००६-उल्लंघन गरेको पाइएपछि नाम्ची बजारका भुवनेश्वर प्रसादविरुद्ध कार्वाही गर्दै ५ दिसम्बरको दिन ७ हजार रुपियाँ जरिमाना लगाएका थिए।

सोही दिन खाद्य एवं औषधि प्रशासनद्वारा यहाँको लाल बजार परिसरमा पनि सर-सफाईबारे निरीक्षण गरिएको थियो। यस अवधि अधिकारीहरूले पानी पुरी बिक्रेता, मासु दोकान आदिको निरीक्षण गरे। खाद्य सुरक्षा मानक ऐन २००६-को अधिनियम ४-को मार्गनिर्देशनली अनुपालन गर्नुपर्ने अधिकारीहरूले निर्देश दिए। योसँगै खाद्य तयारी एवं दिँदा मास्क, एप्रोन अनि ग्लोब्स प्रयोग गर्नुपर्ने अधिकारीहरूले थप निर्देश दिए। उनीहरूलाई आफ्ना सामानहरू तयार गर्न पिउने पानी प्रयोग गर्न पनि कड़ा निर्देशन दिइएको छ। अधिकारीहरूले जनगुनासो अनलाइनमार्फत प्राप्त गरेको थाहा लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *