गान्तोक: उपमेयर भोटियाले गरिन सिक्किम शहरी गरीब आवास योजनाअन्तर्गत निर्माणाधीन घरको निरीक्षण

IMG-20221207-WA0394.jpg

राज्यका गरीबहरूले ईज्जतको जीवन जिउन पाउनुपर्छ भन्ने मुख्यमन्त्री प्रेमसिंह तामाङको सोंचअनुरुप शहरी क्षेत्रमा शुरु गरिएको सिक्किम शहरी गरीब आवास योजनाअन्तर्गत राज्यको शहरी क्षेत्रमा गरीबहरूको घर बनिने कार्य शुरु भइसकेको छ। यस क्रममा आज यहाँको डेभलोपमेण्ट क्षेत्रमा बीबी माया रसाइलीको निर्माणाधीन घरको गान्तोक नगरनिगमका उपमेयर छिरिङ पाल्देन भोटियाले स्थलगत निरीक्षण गरिन्। यस अवधि उनले निर्माण कार्यको गुणवत्ताबारे सोधीखोजी गरिन्। घर भन्ने कुरा पटकपटक बनिने कुरा होइन भन्ने उल्लेख गर्दै गुणस्तरीय निर्माणमाथि उप-मेयर भोटियाले जोर दिइन्। सिक्किम शहरी गरीब आवास योजनामार्फत आफूले घर पाएकोमा लाभार्थी बीबी माया रसाइलीले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरिन्।

आजको निरीक्षण भ्रमणमा एसकेएम सीएलसी उपाध्यक्ष नाम्से टी. भोटिया, महासचिव सुशील प्रधान लगायत अन्यको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *