गान्तोक: छुजाचेनमा साकेवा पर्व भव्यरूपमा पालन गरिने

IMG-20221207-WA0393.jpg

राई समुदायको महान पर्व साकेवा यस वर्ष छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत दलपचन्दमा राज्यस्तरीयरूपमा पालन गरिने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अखिल किराँत राई संघ (एकेआरएस) का अध्यक्ष मोहन दुङमालीले उक्त जानकारी गराएका हुन्। उनले बताए अनुसार आगामी १२ दिसम्बरको दिन प्रत्येक वर्ष झै यस वर्ष पनि साकेवा पर्व राज्यभरिनै भव्यरूपमा पालन गरिने भएको छ। दलपचन्दमा आयोजना हुने राज्यस्तरीय कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहने उनले बताए। सोही दिन बिहान लुम्सेमा राई खिमको शिलान्यास मुख्यमन्त्री तामाङले गर्ने योजना रहेको दुङमालीले पत्रकारहरूलाई अवगत गराए। विशेष गरेर राई समुदायको परम्परालाई संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष यो पर्व पालन गरिन्दै आएको छ। यस दिन अन्नबाली काटेर थन्काउने भएकोले सबैले हर्सोल्लाहसपूर्वक यो पर्व पालन गर्ने चलन रहेको उनले थप बताए। आजको यस पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष आरके वालिङ, प्रमुख संयोजिका विना राई, प्रमुख संरक्षक डा. एसके राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *