कालचिनी: नाबालिका अपहरण मामिलामा १० बर्षको कारावास

e253324d-46f7-4f73-9d5c-9d89103f4634

जयगाउँ सुभाषपल्ली एकजना बासिन्दा कृष्ण तुरहालाई अलिपुरद्वार जिल्ला अदालतले नाबालिका अपहरण अनि दुष्कर्म अभियोगमा १० बर्षको कड़ा कारावासको सजाय सुनाएको छ।
उल्लेख्य, २०११ सालको १७ नोभेम्बरको दिन जयगाउँका एकजना १४ बर्षीय नाबालिक केटीलाई प्रलोभनमा पारेर जयगाउँको कृष्ण तुरहा नामक युवकले बिहार लगेर दुष्कर्म गरेको थियो भने दुष्कर्मको शिकार उक्त केटी कुनै तरीकाले भागेर दुइदिन पश्चात घर फर्किएर आएका थिए । गाउँमा पञ्चायत सभा बसेर कुरा मिलाउने चेष्टा गरिए तापनि नमिल्दा अन्ततः मूल अभियुक्त कृष्ण तुरहा लगायत ५ जना विरुद्ध जयगाउँ थानामा २०११ सालको २३ दिसम्बरको दिन अभियोग दर्ता गरिएको थियो।
मामिला चलिरहेको समय एकजना अभियुक्तको मृत्यु भएको थियो भने अन्य पाँचजनालाई रिहा गरिए तापनि मूल अभियुक्त कृष्ण तुरहालाई ३० हजार जरीमानासहित १० बर्षको कठोर कारावास सजाय सुनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement