राजगञ्ज: भाजपा कार्यकर्ता उलेन रायको पुण्यतिथिमा स्मृति सभा साथै रक्तदान शिविर

IMG_20221207_202740.jpg

उत्तरकन्या अभियान अवधि एकजना शहिद भएको थियो।शहीद हुने भाजपा कार्यकर्ता उलेन राय थिए। शहीद उलेन रायको दोस्रो पुण्यतिथिमा आज स्मृति सभा साथै रक्तदान शिविरको आयोजना गरियो। आज राजगञ्जको मन्तादारीस्थित तिनको आवासमा एउटा कार्यक्रमको आयोजन गरियो। भाजपाको तपशीली मोर्चाको तत्वावधानमा तथा सिलगढी तराई ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरियो। शिविरमा भाजपा कार्यकर्ताहरू अनि समर्थकहरूले रक्तदान गरे। यस अवसरमा भाजपा नेताहरूले भने, राज्य सरकारको जनविरोधी नीतिहरूको विरोधमा ७ दिसम्बर २०२० को दिन उत्तरकन्या अभियानको आह्वान गरिएको थियो। उक्त अभियान अवधि पुलिसले चलाएको गोली लागेर भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएको थियो। तिनको स्मरणमा आज स्मृति सभा साथै रक्तदान शिविरको आयोजना गरियो। यस अवधि भाजपा राज्य कमिटीका सदस्य दीपेन प्रमाणिक, भाजपा जलपाईगुड़ी जिल्ला अध्यक्ष बापी गोस्वामी, तपशिली मोर्चा जिल्ला अध्यक्ष अखिल सरकार, राजगञ्ज ब्लक अध्यक्ष निताई मण्डल लगायत अन्य नेताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement