कुचबिहारको दिनहाटा ओकराबाड़ीस्थित मुन्सीरहाटको एउटा स्कुल छेउमा बम भेट्टाएको छ। स्कुल छेउमा बम भेट्टाइएपछि इलाकामा मानिसहरू आतङ्कित बनेका छन्। जानकारी अनुसार दिनहाटाको मुन्सीरहाट बजार नजिकका मानिसहरूले एउटा बम भेट्टाए। यसबाेे उनीहरुले तुरुन्तै पुलिसलाई यसबारे जानकारी गराए। खबर पाएर दिनहाटा पुलिस घटनास्थलमा पुगेर बम अनि बमको डोरी उद्धार गयो। पुलिसले सम्पूर्ण घटनाको जाँच सुरू गरेको छ। स्मरण रहोस, बम भेट्टाइएको नजिकैमा स्कुल अनि एउटा स्वास्थ्य केन्द्र रहेको छ।











