दार्जीलिङ: दानपाले ४४अबैद्य निर्माणहरूको सूची गरयो सर्वजनिक

IMG-20221207-WA0365.jpg

हामी दार्जीलिङलाई माया गर्छौ, त्यसकारण अबैद्य निर्माणहरूको विरोध गरेका हौ: मणि लामा

निर्माण भई सकेको धर एंव विल्डिङहरू तोडन हामीलाई पनि राम्रो लाग्दैन त्यसकारण अबैद्य निर्माणको कामहरू तपाईहरू आफैले रोकेको राम्रो हो यो मनतब्य दार्जीलिङ नगरपालिकाको विभागीय नगरपार्षद मणि लामाले पोखेको छ। दार्जीलिङ प्रेस गिल्डमा दार्जीलिङ नगरपालिकाको विभागीय नगरपार्षद मणि लामाले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड गठन भएदेखि यता जति पनि अबैद्य निर्माणहरू छन साथै पालिकाको अनुमति विना निर्माण गरिएको ४४ वटा अबैद्य निर्माणहरू विरूद्व दार्जीलिङ नगरपालिकाले अधिबाटै नोटिस जारी गरी सकेका छन। त्यसमा कतिपय अबैद्य निर्माणहरू विरूद्व पालिकाले हम्बर चलाउँने कार्य पनि गरी सकेको छ। गत केही दिनदेखि यता कतिपय अबैद्य निर्माणकर्ताहरू पूनः अबैद्य निर्माणको कार्य शुरू गर्ने गरेको आफुहरूले सून्नमा आई रहेका छौ तिनले भने।विभागीय नगरपार्षद लामाले अधि भने नोटिस जारी गरिएको सवै अबैद्य निर्माणकारीहरू त्यस्ता छैन। ६० प्रतिशत भन्दा धेर निर्माणकारीहरूले हामीलाई जस्तै उनीहरूलाई पनि दार्जीलिङको माया रहेछ र हाम्रो कार्यलाई साथ दिन्दै आई रहेको छ तिनले भने। तपाईहरूले धर विल्डिङहरू को निर्माण गर्दा बैंक लोन साथै यता उताबाट रूपियाँ पैसा लिएर निर्माण गर्नु भएको हो, यो हामी पनि बुझछौ तर अबैद्य भनेको अबैद्य नै हो। यसलाई तपाई हामी सवैले दार्जीलिङको निम्ति स्वीकार गर्नै पर्छ। हाम्रो पार्टी को बोर्डलाई यसले के पो गर्न सक्छ भन्ने सोच लिएर ज जसले अबैद्य निर्माण गर्दै आई रहेको छ उनीहरूले एक क्षण पार्टी, झण्डा सवै छोडेर दार्जीलिङबासीको रूपमा खडा भएर सोची दिने नगरपार्षद लामाले आहवान गरयो। हामी दार्जीलिङलाई अन्तरात्मादेखि माया गर्छौ त्यसकारण जबसम्म म चैकीमा छु,तबसम्म अबैद्य निर्माण विरूद्व कदम उठाई बस्ने छु। विभागीय नगरपार्षद लामाले ४४ अबैद्य निर्माणहरूको सूची पत्रकारहरूलाई देखाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *