विष्णु मल्लको अपशब्दले मैले आफुलाई असुरक्षित भएको अनुभाव गर्दैछु: प्रिया तामाङ प्रधान
सभासद रूवेन दास प्रधानको धर्म पत्नी प्रिया तामाङ प्रधानले नगरपार्षद विष्णु मल्ल विरूद्व सदर महिला सेलमा प्राथमिकी दर्ता गरयो। दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर ७ को नगरपार्षद विष्णु मल्लले ४ नम्बर समष्टिको सभासद रूवेन दास प्रधानलाई टेलिफोन माफ्र्त धम्काउँने गरेको थियो।त्यस अवधि नगरपार्षद मल्लले रूवेन दास प्रधानको धर्म पत्नी प्रिया तामाङ प्रधानमाथि पनि अपशब्द प्रयोग गरेकोमा आज प्रिया तामाङ प्रधानले सदर महिला सेलमा नगरपार्षद विष्णु मल्ल विरूद्व प्राथमिकी दर्ता गरेका छन।दार्जीलिङ प्रेस गिल्डमा सभासद रूवेन दास प्रधानकी धर्म पत्नी प्रिया तामाङ प्रधानले पत्रकारहरू लाई सम्बोधन गर्दै विष्णु मल्लले आफुमाथि अपशब्द प्रयोग गरेको बताउँदै यस विषयमाथि आफुले सदर महिला सेलमा उनी विरूद्व प्राथमिकी दर्ता गरेको जनाए।तिनले अधि भने हाम्रो देश भारतमा प्रधानमंत्रीको बारेमा आफ्नो मत राख्ने गर्छ भने विष्णु मल्लको बारेमा कसैले पनि आफ्नो मत राख्न सक्छ तर यसलाई आधार बनाए आफुमाथि घृणित शब्दको प्रयोग गर्न यो कहाँसम्मको न्याय संगत हो प्रिया तामाङ प्रधानले भने।आफ्नो पतिलाई मेरो बारेमा यस्तो घृणित शब्द बोल्न सक्छ भने यस्ता ब्यक्तिले आफु अनि आफ्नो छोरीमाथि कुनै पनि समय घृणित कार्य गर्न सक्दैन भन्ने कुनै ग्यारेण्टी नभएकोले आफु र आफ्नो छोरीको सुरक्षाको निम्ति आफुले सदर महिला सेलमा विष्णु मल्लको विरूद्व प्राथमिकी दर्ता गरेको हो भन्ने प्रिया तामाङ प्रधानले बताए।तिनले अधि भने गत केही दिन एंव सप्ताह अधि विष्णु मल्लकै गु्रपको एक जना ब्यक्तिले एक अनुसुचि जातिको महिलालाई फोन गरेर तिम्रो मेकअपको समान मात्र लिएर सिलगढी आउँ बाँकी तिमीले लगाउँने लुगा फाटाहरू सवै किनि दिन्छु भनेका थिए।उनीहरूको यस्तो शब्दहरूले हामी अनुसूचि जाति र जन जातिका महिलाहरूले आफुले आफुहरूलाई असुरक्षित भएको अनुभाव गरी रहेका छौ प्रिया तामाङ प्रधानले भने।यसै संदर्भमा हाम्रो पार्टीको नारी संगठन हाम्रो नारी शक्ति समुहको केन्द्रीय अध्यक्ष शोभा मोक्तानले नगरपार्षद विष्णु मल्लको यस्तो कार्यको कठोर शब्दमा निन्दा गर्दै प्रशासन समक्ष कार्यवाहीको मांग गरेको छ।











