नगरपालिकामा हाम्रो पार्टीको बोर्ड रहोस न रहोस तर दार्जीलिङ शहरलाई साफ र सुन्दर राख्ने हाम्रो प्रयास यथवत रहनेछ यो मनतब्य दार्जीलिङ नगरपालिकाको सफाई विभागीय नगरपार्षद गोपाल परियारले पोखेको हो।दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा दानपाको विभागीय नगरपार्षद गोपाल परियारले हाम्रो पार्टीको बोर्डले गरेको कार्यहरूप्रति विपक्षीहरूले आरिस गर्ने काम गर्दैछ भने।दार्जीलिङ नगरपालिकाको चूनाव अधि हाम्रो पार्टीले नगरबासीहरूलाई सुन्दर,साफ दार्जीलिङ दिने वाचा गरेको थियो।दानपामा हाम्रो पार्टीको बोर्ड गठन भएपछि त्यही अनुरूप कामहरू गर्दै आई रहेको थियो अनि छ तर विपक्षीको नेतृत्वहरूलाई सुरक्षित दार्जीलिङ,स्वच्छ दार्जीलिङ, फराकिलो दार्जीलिङ हुदै गएको सहन नहुदा बोर्ड भत्काउँने प्रयास हुदैछ परियारले भने। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड नहुदा पनि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफ्नो गोजीको पैसा लगाएर दार्जीलिङ शहरलाई साफ सफाई राख्ने काम गरेकै हो अनि त्यसको नेतृत्व आफु स्वयमले गरेको हो भन्ने गोपाल परियारले बताए। गत केही दिनदेखि दार्जीलिङ नगरपालिकामा खैला बैला भई रहेको छ। यसकारणले कामहरू गर्नमा असुविधाहरू पनि भई रहेको छ तर यसलाई हतियार बनाएर तृणमूल युवा काग्रेसको नेता रमेश कडेरिया भाइले हाम्रो पार्टी को नगरपालिका बोर्डमाथि जस्तो प्रकारको आरोप र लान्छनाहरू लगाउँने कामहरू गर्दै आई रहेको छ,यो उचित होइन।दार्जीलिङ नगरपालिकाको सफाई कर्मी भाइहरूले विहान साँढे २ एंव ३ बजी उठेर आखाँभरी निन्द्र बोकेर शहरलाई साफ सफाई गर्ने कामहरू गर्छन विभागीय नगरपार्षद परियारले भने।सिक्किमको राजधानी गान्तोक नगरपालिकामा १८ वटा वार्डहरू छन अनि मैला उठाउँनलाई ३२ वटा गाडीहरू छन।दार्जीलिङ नगरपालिकामा ३२ वटा वार्डहरू छन अनि मैला उठाउँन लाई केवल ८ वटा गाडीहरू छन।त्यसकारण गान्तोक र दार्जीलिङ नगरपालिकाको तुलना गर्नु उचित हुदैन विभागीय नगरपार्षद परियारले भने।दार्जीलिङ नगरपालिकाको नगरपार्षदहरूले पाउँने भत्ता नगण्य छ, त्यसकारण हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले हाम्रो पार्टीको नगरपार्षद एंव पाषर्दिकाहरूलाई प्रति महिना ७ हजार रूपियाँ बेतनको रूपमा दिने गर्दैछ आई रहेको छ अनि दिउसोको खानाको निम्ति एक सय वीस रूपियाँ दिन्दै आई रहेको छ।हाम्रो पार्टीको ब्यार्नरमा चूनाव जितेर भागोप्रमोमा सामेल भएका नगरपार्षदहरूले पनि अध्यक्ष अजय एडवार्डसले दिएको बेतन र खाना खाने पैसा थाप्दै आएको हो तर उनीहरू अनित थापाको पार्टीमा सामेल भएपछि अध्यक्ष अजय एडवार्डसले दिने गरेको बेतन र खाना खाने पैसा हाँस उठदो लाग्न थालेको छ। अध्यक्ष अजय एडवार्डसले दिने गरेको बेतन र खाना खाने पैसा पसिनाको कमाई हो अनि त्यस बेतन र पैसामा सम्मान अनि माया छ नगरपार्षद परियारले भने।दार्जीलिङ नगरपालिकामा हाम्रो बोर्ड रहोस न रहोस तर हामी जनताको सेवा कार्यलाई कदापी छोडने छैनौ गोपाल परियारले पूनः दोहोराए।











