अलिपुरद्वार: पञ्चायत निर्वाचन

photocollage_202212716558114.jpg

मन्त्री चन्द्रिमा भट्टाचार्यले गरे जनसम्पर्क, घरघर गएर सोधे स्वास्थ्य अवस्था

चुनाउलाई ध्यानमा राख्दै, मन्त्रीहरू र नेताहरू घर-घर गएर मानिसहरूलाई उनीहरूको भलाइको बारेमा सोधिरहेका छन्। जिल्ला तृणमूल महिला कङ्ग्रेसले बुधबार मदारीहाट सामुदायिक हलमा पञ्चायत सभा आयोजना गरेको थियो, जसमा राज्यका स्वास्थ्यमन्त्री चन्द्रिमा भट्टाचार्य प्रमुख वक्ताको रूपमा उपस्थित थिए। आज तिनले पञ्चायत चुनाउमा तृणमूललाई रोक्ने शक्ति कसैसँग नभएको बताए। सरकारको विकास कार्यको बलमा तृणमूल कङ्ग्रेसले चुनाउ जित्नेछ, यससँगै तिनले जनतालाई भ्रममा पारेको आरोप लगाउँदै भाजपा र अन्य विपक्षी दलको कडा आलोचना गरे। बैठकपछि तिनले गाउँ–गाउँमा गएर जनतासँग कुरा गरी सरकारी सेवामा उपलब्ध हुने सेवाबारेमा जानकारी लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement